स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार

कर्णाली, कात्तिक २४-

कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरुपता ल्याउन यहाँका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्ने भएको छ । छलफल गर्न मङ्गलबार र बुधबार प्रदेश सरकारले भेला आयोजना गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा वीरेन्द्रनगरमा उक्त भेला आयोजना हुन लागेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार भेलामा प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध, उनीहरुबीचको सम्बन्ध तथा सेवा प्रवाह, कर्णाली प्रदेशले योजना छनौटसम्बन्धी हाल प्रयोगमा ल्याएका अभ्यास र योजना छनोट कार्यविधिबारे छलफल तथा स्थानीय तहका कर्मचारी र राजस्व सङ्कलन तथा बाँडफाँटसम्बन्धी छलफल गरिनेछ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा वीरेन्द्रनगरमा उक्त भेला आयोजना हुन लागेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार भेलामा प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध, उनीहरुबीचको सम्बन्ध तथा सेवा प्रवाह, कर्णाली प्रदेशले योजना छनौटसम्बन्धी हाल प्रयोगमा ल्याएका अभ्यास र योजना छनोट कार्यविधिबारे छलफल तथा स्थानीय तहका कर्मचारी र राजस्व सङ्कलन तथा बाँडफाँटसम्बन्धी छलफल गरिनेछ ।

सेयर गर्नुहोस्