चितवनमा भोलि नेकपा एमालेको जनसभा,उपाध्यक्ष बादलले सम्बोधन गर्ने

नेकपा (एमाले) केन्द्रीय कमिटीले कार्तिक २९ गते देशका ७७ वटै जिल्लाहरुमा जनसभा गर्ने निर्णय गरेको छ । जस अनुसार चितवनमा पनि सभा हुँदैछ ।

प्रतिगमन विरुद्ध जागरण अभियान तथा सचेतना कार्यक्रम स्वरुप जनसभा गर्न लागिएको एमाले चितवनका अध्यक्ष कमल राज पाठकले जानकारी दिए । कार्यक्रममा र्‍याली र सभा हुने छ । अध्यक्ष पाठकका अनुसार भोलि दिउँसो १२ः३० बजे लायन्सचोकबाट र्‍याली सुरु हुनेछ । लायन्स चोक हुँदै र्‍याली शहिद चोक, मिलन रोड, लिला चोक हुँदै पोखरा बसपार्कमा पुगि कोण सभामा परिणत हुनेछ ।

सभामा प्रमुख वक्ताका रुपमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले संवोधन गर्नेछन् । जनसभाको व्यापक तयारी भइरहेको अध्यक्ष पाठकले जानकारी दिए । उनले जिल्ला जनसभामा सहभागि हुन नेता कार्यकर्तासहित आम जनसमुदायलाई आह्वान गरेका छन् । उनले भने, ‘जन सभामा सहभागि हुन एमालेको कार्यकर्ता तथा एमाले समर्थक नै हुनुपर्छ भन्ने छैन, जो कोही पनि आउनुहोला, एमालेले के भन्दैछ सुन्नुहोला । अनि आफ्नो धारणा बनाउन तपाईं स्वतन्त्र हुनुहुन्छ ।’

सेयर गर्नुहोस्