शिरिष पन्तलाई निर्माण सामग्री व्यवसायीले बनाए सर्वसम्मत अध्यक्षका उम्मेदवार

आउँदो पुसमा उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्व चयन हुने भएपछि अहिले व्यवसायीहरुमा चुनावी सरगर्मी बढ्दो छ । विभिन्न व्यवसायीक संस्थाहरुले आ–आफ्ना उम्मेदवार घोषणा गरिरहेका छन् ।

निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले पनि यसपटक आधिकारिक उम्मेदवार नै घोषणा गरेर चुनावी माहोलमा होमिएको छ । संघको दुई दिनसम्म चलेको विस्तारित बैठकले चितवन उद्योग बाणिज्य संघको आगामी अधिबेशनमा अध्यक्ष पदका लागि युवा व्यवसायी शिरिष पन्तलाई सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ । व्यवसायिक समस्यालाई नजिकबाट बुझ्ने, निष्पक्ष, स्पष्ट कार्ययोजना र व्यवसाय मैत्री नेतृत्व क्षमता पन्तमा रहेको निष्कर्ष निकाल्दै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिएको निर्माण व्यवसायी संघका अध्यक्ष नरहरि घिमिरेले बताउनुभयो ।

संघले सर्वसम्मत निर्णय गर्दै उद्योगी व्यवसायीहरु अहिले परिवर्तनको महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै योग्य नेतृत्व रोज्ने बेला आएको बताएको छ । संस्थाको भविष्य, व्यवसायीको सुरक्षा, पारदर्शिता, व्यावसायिक सहजता र दीर्घकालीन विकास यिनै निर्णयले निर्धारण गर्ने भएकाले सबै उद्योगी व्यवसायीलाई जिम्मेवारीपूर्वक मत प्रयोग गर्न समेत संघले अपिल समेत गरेको छ ।

सेयर गर्नुहोस्