नेविसंघ अध्यक्ष शेर्पाको चेतावनी-महेश बस्नेतमाथि रङ छ्याप्ने जोसुकै भए पनि कारबाही हुन्छ

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले एमाले नेता महेश बस्नेत चढेको गाडीमाथि आक्रमणको प्रयास गर्ने व्यक्ति नेविसंघका कार्यकर्ता भए कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार बिहान विराटनगर विमानस्थल निस्कने क्रममा बस्नेत चढेको गाडीमाथि बेलुनमा रङ भनेर प्रहार गरिएको थियो । प्रहार गर्नेमध्येका सञ्जोग गौतम डा. शेखर कोइराला निकटका नेविसंघका नेता रहेको नेविसंघकै एक नेताले जानकारी दिए ।

‘नेविसंघमा धेरै समूह छन् । जसले गरेको हो भने पनि राम्रो काम होइन,’ शेर्पाले  भने, ‘हाम्रै संगठनका जोनिकट भए पनि कारबाही हुन्छ ।’ यस विषयमा विज्ञप्ति निकालेरै प्रस्ट पार्ने तयारी नेविसंघको छ । गौतम नेविसंघ मोरङ जिल्ला कार्यसमितिका सदस्य एवं महेन्द्र मोरङ क्याम्पसका इकाइ सभापति रहेको बुझिएको छ । बस्नेतमाथि रङ प्रहार गर्नेमा अर्पित कुँवर पनि छन् । उनको संलग्नता पनि नेविसंघसँगै रहेको बताइएको छ ।

विराटनगरबाट धरानको कार्यक्रममा जाँदा बस्नेतलाई लक्षित गर्दै उनी चढेको गाडीमा रातो रङ छ्यापिएको हो ।

सेयर गर्नुहोस्