एमालेले गर्‍यो प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता

नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।

आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् ।

“आज दल दर्ता गराएका छौं । ६६औं नम्बरमा दर्ता भएको छ,” आचार्यले भने ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबारसम्म तोकिएको छ । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमाले आजै सर्वोच्च अदालत पनि पुगेको छ ।

सेयर गर्नुहोस्