काठमान्डुले चितवनलाई दियो १४३ रनको लक्ष्य

काठमान्डुका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे ।

जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको लक्ष्य
१२ मंसिर, काठमाडौं । जोन सिम्पसनले अर्धशतक बनाएपछि काठमान्डु गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९।४ ओभरमा सबै विकेट गुमाएर १४२ रनमा अलआउट भएको हो ।

काठमान्डुका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै मिलिन्द कुमारले ४३ बलमा ३८ रन जोडे । यो जोडीले तेस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । तर, सिम्पसन १७औं ओभरमा आउट भएपछि काठमान्डुका कुनै पनि ब्याटरले टिकेर खेल्न सकेनन् ।

सेयर गर्नुहोस्