प्रधानन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईंसँग छलफल गर्दै छन् । आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्की र प्रसाईंबीच वार्ता हुने तय भएको छ । केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पत्र लेखेर प्रसाईंलाई २२ मंसिरमा छलफल गर्न बोलाएको थियो । प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पत्र लेखेर २२ मंसिरका लागि बोलाएका थिए ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफलपछि प्रधानमन्त्री कार्कीले प्रसाईंसँग छलफल गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार आजका लागि बोलाइएको थियो । प्रसाईंले सरकारविरुद्ध आन्दोलन केन्द्रित गरेका थिए । उनी केही दिनअघि पक्राउसमेत परेका थिए । सरकारविरुद्ध आन्दोलन घोषणा गरेपछि उनी पक्राउ परेका थिए । प्रसाईंनिकट विभिन्न व्यक्तिसँग छलफलपछि प्रसाईंले गृहमन्त्री अर्याल र प्रधानमन्त्री कार्कीसँग वार्ता गर्न लागेका हुन् ।
आन्दोलनका कार्यक्रम घोषणा गर्नुअघि प्रसाईं सरकारलाई २७ बुँदे माग प्रस्तुत गरेका थिए ।







