नेपाली बजारमा आज बुधबार सुनको मुल्य प्रतितोला दुई सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला दुई लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन भने दुई लाख ५१ हजार ९०० रुपैयाँ कायम थियो ।
त्यस्तै, आज चाँदी तोलामा डेढ सय रुपैयाँ बढेको छ ।
मंगलबार तीन हजार ६ सयमा कारोबार भएको चाँदी यस दिन तीन हजार सात सय ५० मा किनबेच भइरहेको महासंघले जनाएको छ ।








