राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता हुँदैछ ।
सोमबार राति लामो समय छलफल गरेका उनीहरुबीच आज हुने छलफललाई निर्णायक भनिएको छ । स्रोतका अनुसार छलफलका लागि बालेनलाई भेट्न रवि ललितपुरको कुपोण्डोल जाँदैछ ।







