रास्वपामा बालेनको टिमबाट ४० जना समानुपातिक उमेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन्द्र शाह (बालेन) को टिमबाट ४० जना उम्मेदवार समेटिने भएका छन् । आज (आइतबार) बिहान रास्वपा र बालेन पक्षले गरेको सहमति यस्तो सहमति भएको हो ।

रास्वपा स्रोतले दिएको जानकारीअनुसार, बालेनले ४० जनाको सूची तयार रहेको बताएपछि ती सबैलाई रास्वपामा समेट्ने भनिएको हो ।

“बालेनजीको टिमले ४० जनाको सूची छ भन्नुभयो । त्यसपछि रास्वपाले सबै ल्याउनुस्, भनेको छ । बाँकी ७० जना रास्वपातर्फका हुन्छन् । मिलेर जाने कुरामा मौखिक समझदारी भएको हो,” स्रोतले भन्यो ।

सेयर गर्नुहोस्