चितवन चनौली शीतभण्डारको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

भरतपुर–१८ स्थित चितवन चनौली शीतभण्डार सहकारी सस्थाको १३ औँ वार्षिक साधारण सभा मंगलवार चनौलीमा सम्पन्न भएको छ । वाग्मती प्रदेश सरकारकी सहकारी तथा गरिवी निवारण मन्त्री विनु रायमाझी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बौल्दै उनले किसानले उत्पादन गरेको बस्तुको सुरक्षा गर्ने सजिलो माध्यम शित भण्डार भएको बताइन ।

मन्त्री पौडेलले शित भण्डारको स्तर उन्नत गर्दै आम किसानहरुको उत्पादनलाई थप बृद्धि गर्न प्रोत्साहन गर्नसमेत आग्रह गरेकी छन् । कार्यक्रममा बोल्दै तत्कालिन संविधान सभा सदस्य रामकृष्ण घिमिरेले शीत भण्डारले स्थानिय उत्पादित वस्तु तथा सेवाको संकलन, भण्डारण र बजारीकरणमा भुमिका खेल्ने बताय । उनले नियमित र प्रभावकारी संचालनका लागि कार्ययोजना बनाएर काम गर्न सुझाव दिए ।

बागमती प्रदेशका पूर्वसांसद् कृष्णप्रसाद भुर्तेलले कृषिजन्य उत्पादनले बजार नपाएको अवस्थामा किसानले अब शीत भण्डारमा भण्डारण गरेर बेमौसममा बिक्री गर्न पाउने र किसानहरु लाभान्वित हुने वताए। अध्यक्ष सुर्यमणी पौडेलले सस्थाले यस वर्ष विगतका वर्षहरूमा भन्दा आफुलाइ फरक ढंङ्गले आर्थीक सुधारका पक्षमा उभ्याउन सफल भइ व्यवसायीक रूपमा फडको मार्दै अगाडी बढीरहेको वताए।

यस अवमा शितगृहको मैजुदा २ च्याम्बर मध्ये १ च्याम्बरलाइ मल्टप् च्याम्बर वनाउने काम अघी वढेको वताउदै उनले विस्तारै शित भण्डार कृषि शिक्षा अध्ययन गर्ने विध्यार्थीहरू व्यवसायिक कृषकहरू र कृषिक्षेत्रमा लागेका मनिसहरूको अध्ययन गर्ने थलो वन्दै गएको वताए। सस्थाका उपाध्यक्ष जगनाथ कडेलले स्वागत मन्तव्य व्यक्त गरेको साधारण सभाले सस्थाका सचिव मित्रबन्धु चाँपागाइले प्रश्तुत गरेको सस्थाकोआ.व. २०८१/८२ को वार्षिक प्रगती प्रतिवेदन तथा आ.व.८२/८३ को लागी वार्षिक कार्यक्रम।यसै गरी कोषाध्यक्ष पुजन कोइरालाले प्रश्तुत गरेको सस्थाको आ.व.२०८१/८२ को लेखा परीक्षण प्रतिवेदन तथा आ.व. ८२/८३ कोलागी प्रश्तावित बजेट र लेखा संयोजक पुरूषोतम कमल ढकालले प्रश्तुत गरेको लेखा समितिको प्रतिवेदन पारीत गरेको थियो।

उक्त अवसरमा उत्कृष्ट शेयर सदस्यहरू अभिषेक शाहा, हरीकला सुवेदी, दिपकप्रसाद तिमल्सिना उत्कृष्ट व्यवसायीहरू धनराज सुवेदी (खैरहनी) र भानु पोखरेल (माडी) उत्कृष्ट सहकारीको रुपमा भरतपुर १८ को सदावाहार ताजा तरकाली कृषि सहकारी तथा उत्कृष्ट कर्मचारी सिनियर अपरेटर लक्ष्मण अधिकारीलाइ सम्मान गरीयको थियो।
यसै गरी उमेरले ७५ कटेका जेष्ठ नागरीकहरू घनप्रसाद वगाले, इन्द्रमणी कडेल, टीकाप्रसाद अधिकारी, शालिकराम शर्मा, खिमानन्द कंडेल, बाबुराम श्रेष्ठ र बिष्णुहरी कोइराला उक्त अवसरमा सम्मानित भएका थिए। उक्त अवसरमा सहकारी संघ बाग्मती प्रदेशका सदस्य ध्रुवहरी मिश्र, जिल्ला सहकारी संघकी अध्यक्ष विध्या कोइराला तथा संघकी सदस्य दिव्या शर्मा आर्चाय, झलकनाथ कंडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।

सेयर गर्नुहोस्