रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल एकल सिफारिस

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं २ बाट आगामी प्रतिनिधि सभाका लागि एकल उम्मेदार सिफारिस भएका छन् । एमाले रुपन्देही २ का क्षेत्रीय सहसंयोजक राजेन्द्र ढकालले अहिले भरखर सम्पन्न कमिटीको बैठकले पार्टी केन्द्रीय उपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नाम एकल रुपमा सिफारिस गरिएको बताए ।

पौडेल यो क्षेत्रबाट २०५६ सालदेखि निरन्तर उम्मेदार रहेका छन् भने २०६४ देखि निरन्तर जित्दै आएका छन् । पटक पटक मन्त्री, अर्थमन्त्री तथा उपप्रधानमन्त्री भइसकेकाले यो क्षेत्रको विकासका लागि एकल रुपमा पठाउने बैठकमा सहभागी सबैको चाहना भएपछि सर्वसम्मत निर्णय भएको ढकालले जनाएका छन् ।

सेयर गर्नुहोस्