‘स्टुडेन्ट अफ द इयर’को भोटिङ चरणमा पुगिन् नारायणी माविकी सफलता (यसरी भोट गर्न सकिन्छ)

चितवनको नारायणी नमुना माध्यमिक विद्यालयकी छात्रा सफलता ढुंगाना रियालिटी शो ‘स्टुडेन्ट अफ द इयर’को भोटिङ चरणमा प्रवेश गरेकी छिन् । उत्कृष्ट गायन कला भएकी ढुंगाना टप टेन भित्र प्रवेशका लागि भोटिङ चरणमा प्रवेश गरेकी हुन् । गैँडाकोट स्थायी घर भएकी ढुंगाना उत्कृष्ट गायनका आधारमा टप ४० भित्र परेकी थिइन् । उनलाई खल्ति एप डाउनलोड गरेर भोट गर्न सकिन्छ । उनको स्टुडेन्ट अफ द ईयरको (४) २४ मा लेखिएको सफलता ढुंगानामा गई इच्छा अनुसार भोट गर्न सकिने छ ।
हिमालयन टिभि मार्फत प्रशारण हुने रियालिटो शोमा उमेरको हकमा १३ देखि २१ वर्ष तथा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी भएका छन् । स्टुडेन्ट अफ द इयर नेपालकै उत्कृष्ट रियालिटी शो भएको आयोजकको दावि रहेको छ । आयोजकले ११ शहरमा लिएको अडिसनबाट छनौट भएका दुई सय जना छनोट गरेको थियो । २ सयबाट पहिलो चरणमा ४० जनामा छनोट गरिएको छ । उत्कृष्ट १०मा पर्नका लागि भोटिङ र निर्णयकको मुल्यांकनका आधारमा हुनेछ । त्यसबाट उत्कृष्ट ५ विजेता छनौट हुने सह–निर्माता विश्वास घिमिरेले जानकारी दिए । विजेताले नगद पाँच लाख र पाँच लाख बराबरको छुट्टै छात्रवृत्ति पाउनेछ । रनरअपहरुको पुरस्कार घोषणा पछि गरिनेछ ।

 

सेयर गर्नुहोस्