आज घट्यो सुनको मूल्य

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनतोलामा १५ सय रुपैयाँले घटेको हो ।

योसँगै आज सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन हिजो (पुस ३०) गते सुन दुई लाख ७८ हजार रुपैयाँ कारोबार भएको थियो । उक्त मूल्य हालसम्मकै उच्च थियो ।

त्यस्तै, चाँदीको मूल्य आज पाँच हजार ४८५ रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा १७० रुपैयाँले घटेको हो । बुधबार पाँच हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्