नेपाल विद्यार्थी संघले चितवन जिल्लाको अध्यक्ष पदको जिम्मेवारी प्रकाश भण्डारीलाई प्रदान गरेको छ। संघको विधान २०२७ को सातौँ संशोधन २०७५ बमोजिम तोकिएको समयसीमाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित भण्डारीलाई नेतृत्वको जिम्मेवारी दिइएको हो।
नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्यालय काठमाडौँबाट मिति २०८२/०९/२४ मा जारी पत्रअनुसार अबको तीन महिनाभित्र चितवन जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी भण्डारीलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको छ। केन्द्रीय समितिले संघलाई विधि, विधान र म्यादभित्र रही थप गतिशील र सुदृढ बनाउने विश्वासका साथ यो जिम्मेवारी प्रदान गरिएको छ।
प्रकाश भण्डारीको नेतृत्वदक्षता, संगठनप्रतिको प्रतिबद्धता र सक्रियताले नेपाल विद्यार्थी संघ चितवनलाई थप उचाइमा पुर्याउने अपेक्षा व्यक्त गरिएको छ। साथै, संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउँदै विद्यार्थी आन्दोलनलाई मजबुत बनाउने दिशामा भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरिएको छ।
नेपाल विद्यार्थी संघले अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै निर्धारित समयमै जिल्ला अधिवेशन सम्पन्न गर्न शुभकामना दिएको छ। उक्त निर्णय नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित पत्रमार्फत सार्वजनिक गरिएको हो।






