महामन्त्री पौडेलले भने– कांग्रेस नयाँ भयो, अब देशको मुहार फेर्ने हो

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट कांग्रेस नयाँ बनेको भन्दै कांग्रेसको नेतृत्वमा देशको मुहार फेर्ने अभियान सुरु भएको बताएका छन् ।

विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि पहिलोपटक कार्यालय प्रवेश गरेका महामन्त्री पौडेलले आजको केन्द्रीय समिति बैठकबाट निर्वाचन सम्बन्धी ठोस निर्णयह

बैठकमा प्रवेश गर्नुअघि महामन्त्री पौडेलले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै विशेष महाधिवेशनबाट नयाँ कांग्रेस बनेको बताए ।

“हामीले विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तन गर्दै त्यसलाई नयाँ दिशामा अघि बढाउने घोषणा गरेका छौँ,” पौडेलले भने, “विशेष महाधिवेशनबाट कांग्रेस त नयाँ बन्यो, अब यो कांग्रेसको नेतृत्वमा देश नयाँ बनाउने हो ।”

रू हुने बताए । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले आज पहिलोपटक केन्द्रीय समितिको बैठक सानेपा स्थित केन्द्रीय कार्यालयमा गर्न लागेको हो ।

सेयर गर्नुहोस्