सुनको मूल्यमा समान्य गिरावट , कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ ,फागुन ५ –

स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले घटेर तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी २५ रुपैयाँले बढेर चार हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो (सोमबार) चाँदी चार हजार ८६० रुपैयाँमा कारोबार भएको थियो।

 

सेयर गर्नुहोस्