भरतपुर,फागुन ६- चितवनको नारायणगढमा टेलरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गयराती ९ः२० बजेको समयमा भरतपुर महानगरपालिका १ पुल्चोकमा नवलपुरको गैडाकोटबाट भरतपुरतर्फ आउँदै गरेको बा.प्र.०३००२ ख ३४२३ नम्वरको टेलरले पैदलयात्रीलाई ठक्कर दिएको हो ।
ठक्करबाट घाइते नुवाकोट जिल्ला पन्चकन्या गाविस २ बस्ने ५५ वर्षिय दुर्गा कट्टेलको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने टेलर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक कट्टेलको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।






