जलबिरेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ

आइतबार राति करिब १०:३० बजे मुग्लिङबाट नारायणघाटतर्फ जाँदै गरेको सेतो रङको आइचर ट्रकले विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०६–००७ प ५१४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार माडी नगरपालिका–६ का २६ वर्षीय शंकर सुनारको मृत्यु भएको छ। उनको शव हाल भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राखिएको छ।

दुर्घटनामा मोटरसाइकल चालक माडी नगरपालिका–८ कल्याणपुरका २८ वर्षीय मौसम रामधाम सामान्य घाइते भएका छन्। ट्रक चालक उदयपुर कटारी नगरपालिका–२ का ३२ वर्षीय खिलराज थापालाई जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान नियन्त्रणमा लिएको जनाएको छ।

सेयर गर्नुहोस्