सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

सर्लाही, चैत २ — सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

कविलासी नगरपालिका–८ कविलासीस्थित सडकमा म.प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलले साइकलमा सवार स्थानीय ६५ वर्षीय राम नरेश महतोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पनि घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

सेयर गर्नुहोस्