सुनको मूल्य ३ हजार ३ सयले रुपैयाँ घट्यो

नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ५० हजार ३ सय ४० रुपैयाँ तोकिएको छ । जुन अघिल्लो दिन २ लाख ५३ हजार १ सय ७० रुपैयाँ रहेको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार ९ सय ६० रुपैयाँमा झरेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ८५ रुपैयाँ रहेको थियो । त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

सेयर गर्नुहोस्