सशस्त्रका जवान बेहोस घटना : ६ जनालाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइँदै

८ जेठ, काठमाडौं । कैलालीको टीकापुरमा तालिम गर्दा बेहोस भएकामध्ये ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

नेपाली सेनाको स्काई ट्रकमार्फत ६ जनालाई पौन २ बजे काठमाडौं ल्याउँदै गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । यसअघि उनीहरूलाई कैलालीबाट सुर्खेत लगिएको थियो ।

टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा तालिमको क्रममा उनीहरू बेहोस भएको सशस्त्र प्रहरीले बताएको छ ।

तालिम गर्दा ८ जना बेहोस भएका थिए । बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।

सेयर गर्नुहोस्