पोडकाष्टमा अश्लील शब्द बोल्ने उत्सव सापकोटा सहित ३ जनालाई प्रहरीले गरायो सचेत

काठमाडौँ । पोडकाष्टमा अश्लील शब्द प्रयोग गरेको भन्दै प्रहरीले उत्सव सापकोटा, विशाल गौतम र सजन श्रेष्ठलाई सचेत गराएको छ ।

सजन श्रेष्ठले सञ्चालन गरेको ‘द लास्ट क्वेश्चन’ नामको पोडकाष्टमा सापकोटा र गौतमले अश्लील शब्द बोलेको भिडियो प्रसारण भएको थियो ।सञ्चालक र कुराकानीमा संलग्नहरुलाई बोलाएर सचेत गराइएको साइबर ब्यूरोका एसपी दिलीप कुमार गिरीले रातोपाटीलाई बताए । उनले भने, ‘केही दिन अघि उहाँलाई नियन्त्रणमा लिएर अबदेखि त्यस्ता शब्द प्रयोग नगर्ने गरी कागज गरेर छाडेका छौँ ।’युट्युबमा प्रसारित ‘उत्सव सापकोटा एण्ड विशाल गौतम इन द लास्ट क्वेश्चन’ नामको शृङ्खलामा प्रहरीविरुद्ध अश्लील शब्द प्रयोग गरिएको एसपी गिरीले बताए । जेठ ५ मा भोटाहिटीस्थित साइबर ब्यूरोमा उनीहरूले पोडकाष्टमा अश्लील शब्द प्रयोग गरेकोमा प्रहरीसँग माफी मागेका छन् ।

सेयर गर्नुहोस्