गुण्डुमा एमाले सचिवालय वैठक जारी, के गर्दैछ निर्णय ?

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डुमा बसिरहेको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसिरहेको उनको सचिवालयले जनाएको छ । बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा लगायतका कार्यसूची रहेको नेताहरूले जनाइका छन् ।गत जेठ ५ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको कार्य विभाजनसम्बन्धी प्रश्तावमाथि छलफल गरी आज त्यसलाई टुङ्ग्याउने तयारी रहेको छ । बैठकले पारित गरेको कार्यविभाजनलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत मातहतका कमिटी र सम्बन्धित नेताहरूलाई पठाइने एमालेले जनाएको छ ।११ औँ महाधिवेशनपश्चात यसअघि नेताहरूको अस्थायी कार्य विभाजन मात्र गरिएको थियो । आगामी स्थानीय तहको निर्वाचनलाई मुख्य लक्ष्य बनाएर एमालेले यो पटक नेताहरूलाई नयाँ ढङ्गले जिम्मेवारी सुम्पिन लागेको हो । तस्बिरहरु : एमाले सचिवालय

सेयर गर्नुहोस्