ओलीको आरोप : राष्ट्रपति रबरस्ट्याम्प बन्नु भयो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपति जनाएका छन् । नेकपा एमालेले आजदेखि आयोजना गरेको दुई दिने कार्यशालालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राष्ट्रपति पौडेल रबरस्ट्याम्प बनेको आरोप लगाए । उनले राष्ट्रपतिले बडो जुक्तिका साथ लोकतन्त्र जोगाएको बताए पनि राष्ट्रपति रबरस्ट्याम्पको रुपमा प्रयोग भएको टिप्पणी गरेका छन् ।

‘प्रधानमन्त्री बन्न संविधान चाहिएन । संविधान विपरीत प्रतिनिधिसभा भंग हुन्छ । अनि सम्मानीत राष्ट्रपतिजी भन्नु हुन्छ, बडो जुक्तिले लोकतन्त्र बचाएँ भनेर,’ उनले भने, ‘अहिलेसम्म आइपुग्दा राष्ट्रपतिजी रबरस्ट्याम्प बनेर जुन चिज गर्न नपर्ने हो संविधानको रक्षक र पालकको हैसियतमा । त्यो नगरेर जुन चिज नगर्न पर्ने हो त्यो गरेर जे मा पनि हस्ताक्षर गर्ने काम राष्ट्रपतिज्यू गरिरहनु भएको छ ।’

अध्यक्ष ओलीले भने, ‘सम्मानित संस्थाको बारेमा मलाई बोल्न मन थिएन । वास्तवमै बडो जुक्तिका साथ लोकतन्त्र एकपछि अर्को कदमबाट सिध्याउने काम भएको छ । जुन कुरा नेकपा एमालेलाई मान्य छैन, मान्य हुन हुँदैन । नेकपा एमाले देश, जनता, लोकतन्त्र, शान्ति, सुशासनप्रति प्रतिबद्ध पार्टी हो,’ ओलीले भने ।

सेयर गर्नुहोस्