चरिकोट । दोलखाको वैतेश्वर गाउँपालिका–८ क्षेत्रपामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय ६३ वर्षीय गोपाल श्रेष्ठको घर शनिबार जलेर नष्ट भएको हो ।
आगलागीबाट घरमा रहेका सुनचाँदी (गहना), नगद पैसा, अन्नपात र लत्ताकपडा सहित सम्पूर्ण सामानहरू पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आगलागीबाट घर नजिकै रहेको गोठमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।






