काठमाडौ , मंसिर १२
Divine Hub को ११औँ Convention सम्पन्न
३३ विद्यार्थी सहभागी; Case Study Presentation मार्फत समस्या विश्लेषण, सामूहिक सिकाइ र समाधानमुखी सोचको अभ्यास Divine Hub अन्तर्गत आयोजित Students’ Quality Circle (SQC) को ११औँ Hub Convention आज सम्पन्न भएको छ।

विद्यार्थीलाई समस्याको केवल दर्शक नभई पहिचानकर्ता, विश्लेषक र समाधानकर्ता बनाउने उद्देश्यसहित आयोजित Convention मा विभिन्न विद्यालयका ३३ विद्यार्थी सहभागी भएका थिए।

Convention मा Peak Point Public School, Peak Point Academy र Brainland Academy का विद्यार्थीहरूले प्रस्तुतीकरणमा सहभागिता जनाएका थिए भने The Celebration Co-Ed र Gokarneshwor Light Academy पर्यवेक्षक (Observer) का रूपमा सहभागी भएका थिए।






