४१ सयले बढेपछि सुनको मूल्य पुग्यो ३ लाख ४ हजार ६००

काठमाडौं, माघ २६- नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य ४१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको मूल्यअनुसार सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार (माघ २५) मा सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँ थियो । त्यसैगरी, … Read more

भरतपुर–१० मा मीना खरेलको घरदैलो अभियान, समर्थकको उल्लेखनीय सहभागिता

भरतपुर–१० मा मीना खरेलको घरदैलो अभियान, समर्थकको उल्लेखनीय सहभागिता चितवन – चितवन क्षेत्र नम्बर २ की कांग्रेस उम्मेदवार मीना खरेलको घरदैलो अभियान निरन्तर चलिरहेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि आयोजना भएको घरदैलो अभियानमा आज भरतपुर महानगर वडा नम्बर १० मा सम्पन्न भएको हो। उम्मेदवार खरेलको घरदैलो अभियानमा भरतपुर १० का बासिन्दाहरुको … Read more

चितवन–२ मा मीना खरेलको घरदैलो अभियान तीव्र, व्यापक जनसमर्थन

चितवन – चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलको घरदैलो कार्यक्रम भव्य रुपमा सञ्चालन भइरहेको छ। भरतपुरका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । जसमा भरतपुर–११, भरतपुर १२ मा घरदैलो कार्यक्रम सञ्चालन भएको छ भने हिजो भरतपुर–२ का विभिन्न टोलमा घरदैलो कार्यक्रम गरेको थियो । घरदैलो अभियानका क्रममा … Read more

भरतपुर–२ मा उम्मेद्वार मीना खरेलद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन

भरतपुर महानगरपालिका–२ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय कार्यक्रमका बीच पुनः उद्घाटन गरिएको छ। जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त पारिएको उक्त कार्यालय पुनर्निर्माण सम्पन्न भएपछि पुनः सञ्चालनमा ल्याइएको हो। कार्यालयको उद्घाटन नेपाली कांग्रेसकी नेतृ मीना खरेलले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो भने वडा नम्बर–२ का क्रियाशील सदस्य तथा स्थानीय कार्यकर्ताहरूको … Read more

निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

काठमाडौँ, माघ २५- सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनियता भङ्ग गर्ने कार्य नगर्न÷नगराउन अनुरोध गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम … Read more

सामाजिक सेवामा जीवन समर्पण गरेकी खरेल चितवनको उम्मेदवार हुनु गर्वको विषय : सापकोटा

चितवन  सामाजिक सेवामा आफ्नो सम्पूर्ण जीवन समर्पण गरेकी मिना खरेल चितवन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा उम्मेदवार हुनु सम्पूर्ण क्षेत्रका लागि गर्वको विषय भएको मिना खरेलकी सहकर्मी तथा साथी सिता सापकोटाले बताएकी छन्। सिता सापकोटाका अनुसार वि.सं. २०४९ सालतिर चितवन जिल्लामा उनीहरू भर्खर १५/१६ वर्षको किशोर अवस्थामा थिए। स्कुल सकाएर कलेजमा भर्खर प्रवेश गरेको समयमा … Read more

मिना खरेल भन्छिन् : “नेतृत्व पद होइन, जिम्मेवारी हो”

चितवन – चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मिना खरेलले नेतृत्वलाई पद, हैसियत वा शक्ति प्रदर्शनसँग नभई जिम्मेवारी, सेवा र कर्मसँग जोडेर बुझ्नुपर्ने धारणा राखेकी छन्। चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भनिन्, “नेतृत्व पद होइन, जिम्मेवारी हो, हैसियत होइन, कर्म हो।” कांग्रेस चितवनले यतीबेला चुनावी अभियानलाई मध्यनजर गर्दै … Read more

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

दोधारा चाँदनी (कञ्चनपुर), माघ २०- छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ । भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट … Read more

इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

चितवन, माघ २० – पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ केबुलकार गेटअगाडि आज बिहान बसको ठक्करबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–२ बस्ने अन्दाजी ३४ वर्षीय जीवन परियारको उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको … Read more

चितवन क्षेत्र नम्बर–२मा मिना खरेल नै किन ?

चितवन क्षेत्र नम्बर–२ मा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातेको छ । दल तथा उम्मेदवारहरू जनतामाझ आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका बेला नेपाली कांग्रेसकी उम्मेदवार मीना कुमारी खरेल सामाजिक सेवा र महिला अधिकारका सवालमा गरेको योगदानका कारण मतदाताको रोजाइमा पर्न थालेकी छन् । खरेल लामो समयदेखि महिलाहरूको हकहित र … Read more