मूल्य खस्किएपछि अदुवा किसान मारमा

यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ । यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नु पर्ने हो । तर बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खन्नुभएको छैन । गत वर्ष यही याममा रु ५५ देखि ६० प्रतिकिलो अदुवा बेच्नुभएका खड्कालाई अहिले बजार भाउले निकै खिन्न बनाएको छ । बजार … Read more

बालबालिकाका विषयलाई निर्वाचन घोषणापत्रमा प्राथामिकता दिन माग

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक पार्टीबाट जारी हुने घोषणापत्रमा बालबालिकाका विषयलाई प्राथामिकता दिन माग गरेको छ । सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन र अन्य कुनै पनि राजनीतिक गतिविधिमा बालकालिकालाई प्रयोग नगर्न समेत आग्रह गरिएको छ । प्रतिनिधिसभाको निर्वाचनमा मतदान केन्द्र विद्यालयमा … Read more

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सुरु

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । पवित्र तीर्थस्थल देवघाट धामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज बिहान देवघाटको वेणीमा विधिपूर्वक पूजा गरी महोत्सव सुरु गरिएको हो ।नेपाल सन्त समाजको आह्वानमा देवघाट क्षेत्र विकास समिति र देवघाट गाउँपालिकाको आयोजनामा गरिएको महोत्सवको हरिहर सन्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती महाराज र महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरीजी … Read more

नखुलेको २३ लाख रुपैयाँसहित २ युवक पक्राउ

प्रहरीले सप्तरीबाट स्रोत नखुलेको २३ लाख रुपैयाँसहित दुई जनालाई सुरुंगा नगरपालिका–२ भेडियास्थित गाईघाट–कदमाहा सडकखण्डमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बर बहादुर पुरीका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले आइतबार राति चेकजाँचका क्रममा कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको सेतो टोयोटा हाइलेक्स गाडीबाट २३ लाख नगदसहित दुई जनालाई गरेको … Read more

सुनचाँदीको मूल्य प्रतितोला एक हजार ४०० ले घट्यो

स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला रु तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस … Read more

पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्मर केसीले बताउनुभयो । “सहज र निर्वाध रूपले गाडी चलाउन सक्ने अवस्था … Read more

धर्मशालाबाट आन्तरिक राजस्व कार्यालयको सेवा पुनः थालनी

आन्तरिक राजस्व कार्यालय तुलसीपुरले त्रिसिद्धेश्वरी मन्दिर तुलसीपुरको धर्मशालाबाट आफ्नो सेवा पुनः सुरुआत गरेको छ । धर्मशालाका १३ कोठा भाडामा लिएर कार्यालयबाट प्रवाह गरिने सेवा सुरु गरेको कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिनुभयो । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा सेवाग्राहीलाई ध्यान दिएर करदाता सेवा र राजस्वसम्बन्धी सम्पूर्ण सेवा सुरु गरेको … Read more

वर्षाले धानबालीमा क्षति भएपछि किसान चिन्तित

गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर पसेको बाढीले धानबालीमा क्षतिको आँकलन सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षाको बाढीले जिल्लामा १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । जिल्लामा बाढीले १७ हजार ६३८ हेक्टर खेतको … Read more

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम … Read more

देवघाटमा आज गण्डकी परिक्रमा महोत्सव हुँदै

देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आज देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना हुँदैछ । तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकीको सङ्गमस्थल तीर्थस्थल देवघाटधामको धार्मिक महत्व र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यसहित गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । महोत्सवको प्रचारप्रसारका लागि सोमबार तनहुँको देवघाट र चितवनको भरतपुरमा मोटरसाइकल र्याली गरिएको … Read more