राहदानी सेवा ५१ दिनपछि सञ्चालन

गत भदौमा जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनपश्चात् कार्यालय भवन तोडफोड र आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि रोकिएको सेवा आजदेखि सञ्चालनमा आएको हो । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले ५१ दिनपछि आजदेखि राहदानीको काम सुरु भएको जानकारी दिनुभयो … Read more

ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ । अन्तरराष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा भाग लिन नयाँ दिल्लीमा रहनुभएका घिसिङ र भारतीय समकक्षी खट्ठरबीच आज भेटवार्ता भएको उहाँको सचिवालयले जनाएको हो । विद्युत् मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत् व्यापार, प्रसारण … Read more

मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा सशस्त्रको टोली

मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि उनीहरूको स्वास्थ्योपचारका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ । आज बिहानैदेखि सशस्त्रको टोलीले मुक्तिनाथ मन्दिर प्रवेशद्वारमा स्वास्थ्य शिविर सञ्चालन गरी करिब दुई सय ५० जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा सशस्त्र प्रहरी बल, … Read more

चितवनमा मौरी चरन क्षेत्र अभाव

जिल्लाका मौरी पालक किसानले मौरी चरनका लागि बाहिरी जिल्ला लैजान थालेका छन् । यहाँ मौरीका लागि चरनको अवस्था यो मौषममा नहुने भएकाले जिल्ला बाहिर लैजान थालेका हुन् । मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइका अनुसार अहिलेको समयमा चरन क्षेत्रको अभाबका कारण यहाँका किसानले बाहिरी जिल्लामा मौरी चराउन लाने गरेका छन् । उहाँका अनुसार दाङ, … Read more

नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२र८३ का लागि ‘जङ्गल ड्राइभ’ जीप सफारी सञ्चालन गर्न अनुमति दिएको हो । उक्त अनुमतिले पर्यटकीय … Read more

क्यान्सर बिरामीको सहयोगार्थ मेची–महाकाली साइकलयात्रा

क्यान्सर रोगीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले मेची–महाकाली साइकलयात्राको आयोजना गरिने भएको छ । सचेतनामूलक उक्त यात्रा पूर्वपश्चिम मध्यपहाडी लोकमार्गको पाँचथरस्थित चिवाभञ्ज्याडबाट सुरु भई बैतडीको झुलाघाट पुगेर समापन गर्ने लक्ष्य लिइएको छ । आउँदो सन् २०२६ जनवरी १ मा सुरु गरिने यात्रा एक महिनाको हुने जनाइएको छ । साइकलयात्राबारे आज धुलिखेलस्थित अस्पतालमा पत्रकार सम्मेलन गरी यसपटक … Read more

हतारमा पार्टी एकता नगर्न नारायणकाजी श्रेष्ठको अपिल

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले हतारमा पार्टी एकता नगर्न आग्रह गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले हतार गरेर न समग्र एकता न सार्थक पुनःगठनको स्थिति नबनोस् भन्नेमा सचेत हुनुपर्ने धारणा राखेका हुन्। ‘नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक–सांस्कृतिक रूपान्तरण, एकीकरण र पुनःगठन आजको आवश्यकता हो र त्यस दिशामा सार्थक पहल समयको निर्देश हो। तर … Read more

नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउने गृहकार्यमा रास्वपा, १४ गते बृहत् राजनीतिक संवाद गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्ति र समूहसँग वार्ता भइरहेको जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘जेनजी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेप पश्चातको परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको दिगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि समान सोच र … Read more

सुनको मूल्यमा चारदिनदेखि निरन्तर गिरावट

यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत आइतबार एकैदिन प्रतितोला रू ११ हजार ६०० ले घटेर रु दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रु दुई हजार घटेर रु दुई … Read more

यस्ता छन् सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या

सरकारले सार्वजनिक संस्थानको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी प्रभावकारिता र कार्यकुशलता अभिवृद्धि गर्नु जस्ता विषयलाई प्रमुख चुनौतीका रुपमा चित्रण गर्दै सुधारको मार्गचित्र सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनकि गरेको ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ मा वित्तीय सुधार र अनुशासन कायम गर्नु, सरकारी लगानीको उचित प्रतिफल सुनिश्चित गर्नुलाई चुनौतीका रुपमा चित्रण गरिएको छ । … Read more