मोन्थाका कारण भारतमा रेड अलर्ट जारी

भारतको मौसम विभागले बङ्गालको खाडीमा उठिरहेको समुद्री आँधी ‘मोन्था’सँग सम्बन्धित रेड अलर्ट जारी गरेको छ । विभागले मंगलबार आँधी गम्भीर बन्न सक्ने बताएको छ । ‘मोन्था हाल पश्चिम–मध्य बङ्गालको खाडीमाथि, गोपालपुरबाट लगभग ५५० किलोमिटर दक्षिणपश्चिममा अवस्थित छ’ भुवनेश्वरस्थित मौसम विभागका निर्देशक डा। मनोरमा मोहन्तीले समाचार एजेन्सी एएनआईलाई बताइन् । आँधी उत्तरपश्चिमतिर सर्दै गइरहेको र मंगलबार … Read more

थारू कवि भजुमनराम महतोको कृति ‘कविता माला दिउवा’ लोकार्पण

थारू समुदायको समृद्ध सांस्कृतिक र साहित्यिक धरोहरलाई नयाँ ऊँचाइमा पु¥याउने उद्देश्यका साथ अग्रज लेखक एवम् कवि भजुमनराम महतो कृति थारू भाषाको कविता सङ्ग्रह ‘कविता माला दिउवा’ एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ । भरतपुरमा भएको कार्यक्रममा प्रमुख अतिथि थारू लेखक संघका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ थारू साहित्यकार कृष्णराज सर्वहारीले कृतिको लोकार्पण गर्नु भएको हो … Read more

जोखिमयुक्त ठाउँमा पदयात्रा नगर्न कास्की प्रशासनको आग्रह

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ । प्रतिकुल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्नसक्ने समस्यालाई दृष्टिगत गरी अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै डाँडा, कोरीलगायतका ठाउँमा मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह गरिएको … Read more

आगामी पुसमा बाघ गणना गरिने

आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो । यस वर्ष राष्ट्रिय निकुञ्ज … Read more

आज पनि २९०० घट्यो सुनको मूल्य

आज (मंगलबार) नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो । यसैबिच मंगलबार चाँदीको मूल्य समेत घटेको छ । सोमबार तोलामा २ हजार ९८० … Read more

चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै

जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा यही कात्तिक १७ देखि ३० गतेसम्म विभिन्न चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । खुला वडास्तरीय पुरुष भलिबल, खुला पालिकास्तरीय महिला भलिबल, भेट्रान्स कप र माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको गलकोट नगर भलिबल सङ्घका अध्यक्ष एवं कार्यक्रम … Read more

बैतडीमा मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने अभियान : भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा

सुर्नया गाउँपालिका वडा नं ४ मा स्थित भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सञ्चालनमा आएको छ । गर्भवतीका लागि सो सेवा निःशुल्क हुने स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताउनुभयो । सुर्नया गाउँपालिकाको समन्वयमा प्रदेश सरकारले स्वास्थ्यचौकीलाई अल्ट्रासाउण्ड उपकरण उपलब्ध गराएको थियो । स्वास्थ्यचौकीमा कार्यरत अनमी पुष्पा धानुक महराले अल्ट्रासाउण्ड सेवा प्रदान गरिरहनुुभएको छ । यसअघि शिविर सञ्चालन भएका … Read more

अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियोः पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् । गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण घुम्न आएका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । “सडक र पदमार्गमा हिउँ … Read more

तरकारीमा विषादीको मात्रा बढ्दो

यहाँका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको छ । नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष २०८१/८२ मा नमुना परीक्षण गर्दा १० किसिमका तरकारीमा विषादीको मात्रा अत्यधिक फेला परेको प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार कैफियत पाइएका तरकारी बाँके जिल्लाकै उत्पादन हुन् … Read more

मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रिबस झापामा दुर्घटना हुँदा १९ जना घाइते

झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । यहाँस्थित पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१–०१–००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि … Read more