मिडिया काउन्सिल विधेयकलाई छिट्टै निष्कर्षमा पुर्याइने

सङ्घीय निजामतीलगायतका विधेयक जस्तो धेरै पेचिलो विषयबस्तु नरहेकाले मिडिया काउन्सिल विधेयक छोटो समयमै निष्कर्षमा पुर्याउन सकिने संसदीय समितिको दृढ विश्वास रहेको छ । राष्ट्रियसभामा उत्पति भइ त्यस सभा र मातहतको संसदीय समितिमा पर्याप्त छलफल भएको उक्त विधेयकले गत असार ३१ गते प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रवेश पाएको थियो । स्वतन्त्र र स्वायत्त … Read more

स्टार्ट गरेरै छाड्दा भिरबाट खसेको थियो चितवन आउँदै गरेको बस,ढोकाबाट हामफालेका थिए आठ यात्रु

आइतबार दिउँसो आँबुखैरेनीको ऐना पहरामा दुर्घटना भएको बस बिहान करिब साढे १० बजे गोरखाबाट यात्रु लिएर चितवनका लागि निस्केको थियो । चितवन आउने यात्रुको संख्या कम भएपछि उनीहरूलाई अर्को गाडीमा पठाएर ऐना पहरामै गाडी रोकियो । शहीद लखन गाउँपालिका–६ की सबु थापा मगर र उनका आफन्त सोही बसमा चढेर ऐनापहरा घुम्न आएका थिए । उनीहरूलाई … Read more

गोताखोरको व्यवस्था गर्न माग

जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्डको स्नान एवं पूजाआजा गर्न आउने भक्तजनको सुरक्षाको लागि गोताखोर परिचालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । यही साउन ११ गते मोरङका दुई युवा डुबेको घटनाबाट पाठ सिकी गोसाइँकुण्डमा डुङ्गासहित गोताखोर परिचालन गर्नुपर्ने आवाज उठेको हो । रसुवा जिल्लास्थित नागरिक समाजका अगुवासम्मिलित एक टोलीले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोक पुगेर … Read more

चौथोपटक थपियो नारायणगढ-बुटवल सडकको म्याद, २०८३ साउन ७ भित्र निर्माण सक्ने दाबी

निर्माणाधीन बुटवल नारायणगढ सडक खण्डको म्याद फेरि एक वर्ष थप भएको छ । आयोजनाले दिएको जानकारीअनुसार २०८३ साउन ७ गतेसम्मका लागि चौथोपटक म्याद थप भएको हो । अर्थात्, २३ जुलाई २०२६ मा आयोजनाको काम सकिने भएको छ । यही साउन ८ गते आयोजनको म्याद सकिएको थियो । अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति भएको छ । … Read more

एकैदिन प्रतितोला ३ हजार ४ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज (आइतबार) एकैदिन सुनको मूल्य प्रतितोलामा ३ हजार ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो … Read more

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१÷८२ मा जिल्लाका विभिन्न ठाउँमा आठ सय ७४ उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख सत्यनारायण गामीले एक वर्षयता मालिका गाउँपालिका–३ पात्ले, लुप्सीपार, घ्याङलेपानी, वडा नं ४ को चिउरीबोट, … Read more

देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना … Read more

सेयर बजार र डिजिटल प्लेटफको प्रयोग र आम्दानि सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ , साउन १७ नेकपा (एमाले )पाँचथर काठमाडौँ सम्पर्क मंचले सेयर बजारमा लगानी तथा डिजिडल प्लेटफमको प्रयोग बाट कसरी आम्दानी गर्ने भन्ने बिषयमा युवा लक्षित एक दिने अभुमुखिकरण कार्यक्रम संचालन गरेको छ। १५० जनाको संख्यामा उपस्थित भएको उक्त कार्यक्रममा सेयरमा कसरी प्रवेस गर्ने , कसरी सेयर खरिद तथा बिक्रि गर्ने भन्ने बिषयमा आधारभूत प्रशिक्षण कलस … Read more

बर्दघाटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ घाइते

नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत बर्दघाटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा पल्टिँदा १ जनाको मृत्यु भएको हो । मृत्यु हुने पुरुषको पहिचान … Read more

मेरो त भ्रष्टाचारको केस नै होइन, प्रतिशोध साँधियो: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिशोध साँध्न आफूलाई मुद्दा लगाइएको दाबी गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले आफूलाई लगाइएको आरोप भ्रष्टाचारको विषय नै नभएको बताए । ‘‘मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो । जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन,’’ … Read more