त्रिदेशीय टी-२० क्रिकेट शृंखला आजदेखि सुरु, नेपालले सोमबार नेदरल्यान्ड्ससँग खेल्ने

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आजदेखि स्कटल्यान्डमा सुरु हुँदैछ। शृंखलाको उद्घाटन खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्स आमनेसामने हुनेछन्। खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे ग्लास्गोमा सुरु हुनेछ। नेपालले प्रतियोगिताको पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। शृंखलाका लागि नेपाली टोलीमा दुई नयाँ अनुहारले स्थान बनाएका छन् – तीव्र गतिका बलर रुपेश सिंह र … Read more

सदन खुल्छ, रास्वपा आफ्नै ढंगले जान्छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका केही अडानका कारणले सत्तारुढ दलहरूसँग भएको सहमतिमा सहभागी नभएको बताएका छन् । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले रास्वपा र आफूहरू फरक फरक ढंगबाट अघि बढ्ने बताए । ‘मुलभूत रुपमा हाम्रो केही छैन । उहाँहरूको केही अडानका कारण सायद केही दिन उहाँहरू आफ्नो तरिकाले जानुहुन्छ,’ … Read more

चितवनको यातायात कार्यालय र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियारको छापा

चितवनको यातायात व्यवस्था कार्यालय र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारको बिशेष टोलीले आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ । अहिले पनि अख्तियारको टोली यातायात कार्यालयमै छ । लाइसेन्स वितरणमा भ्रष्टाचार भएको भन्ने उजुरीका आधारमा अख्तियारले छापा हानेको हो । यस्तै अख्तियारको टोलीले यातायात व्यवस्था कार्यालयसंगै रहेको कुमार मोटर ड्राइभिङ … Read more

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं … Read more

तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ भने एक … Read more

भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना

भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो । अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको इन्डिया टुडेले लेखेको छ । बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा … Read more

२२ महिनामा अबधीमा ४७ व्यापारी विरुद्ध मुद्दा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो ४७ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा ४७ जना व्यवसायी विरुद्ध दायर गरेको हो । कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालु आव २०८१/८२ गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट … Read more

मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका राख्ने तयारी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल बीच लामो समयपछि बुधबार भेटवार्ता भएको छ । केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ । ‘हिजो लामै बैठक भयो । उपप्रमुख पनि आफ्नो धेरै कुरा राख्नु भयो । प्रमुखले पनि केही कुरा राख्नुभयो । बजेटलाई लक्षित गरेर कार्यपालिका बैठक … Read more

भारतीय सीमाबाट अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर संकटमा

व्यवसायीक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरु समस्यामा परेका छन् । माग कम भएपछि उत्पादित चल्लाले बजार नपाएको हो । बिक्री गर्ने समयसम्म एउटा कुखुराको चल्लामा रु ५५ हाराहारी खर्च हुने व्यवसायीहरु बताउछन् । झण्डै दुई महिनायता ह्याचरी व्यवसायीले प्रति गोटा रु १५/२० मा चल्ला बेच्न बाध्य भएको जनाएका छन् । कतिपयले चल्ला बिक्री … Read more

भरतपुर महानगरपालिकाले गर्‍यो नियम विपरित ८५ कर्मचारीको नियुक्ति

चितवनको भरतपुर महानगरपालिकाले ठुलो संख्यामा कर्मचारीको नियुक्ति नियमसम्मत नगरेको पाइएको छ । महालेखा परीक्षकको रिपोर्ट अनुसार, महानगरपालिकाले अधिकृत तहदेखि खरिदारसम्मका ८५ जना कर्मचारीको नियुक्ति नियमसम्मत गरेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ८३मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यक्षेत्र बोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणमा स्थायी प्रकृतिको कामको र सेवा करारबाट … Read more