आज सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं,माघ १६- प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो … Read more

आशिका तामाङलाई माघ १८ सम्म हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ, माघ १६- भक्तपुर जिल्ला अदालतले प्रहरीलाई  आशिका तामाङलाई माघ १८ गते शुक्रबारसम्म हिरासतमा राख्न अनुमति दिएको छ। आपराधिक उपद्रव गरेको आरोपमा माघ १४ देखि प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी तामाङविरुद्ध हिजो (मंगलबार)जिल्ला अदालत भक्तपुरले माघ १८ गतेसम्मका लागि म्याद थप गरेको हो। उनले केही समयअघि भक्तपुरतर्फ साँगाको झोलुंगे पुलमा अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको … Read more

इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते

बेरुत, माघ १६- लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ । सोमबार इजरायली आक्रमणको क्रममा एक व्यक्तिको मृत्यु भएको र अन्य २६ जना घाइते भएका थिए । आइतबार बिहानदेखि, सयौँ लेबनानी बासिन्दाहरू आफ्नो सीमावर्ती गाउँहरूको बाहिरी इलाकामा भेला भएका छन् । लेबनानी बासिन्दाहरू … Read more

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

मध्यबिन्दु (नवलपरासी), माघ १६- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ । आज बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो । मेला भर्न नेपालका विभिन्न स्थान र भारतको विहार तथा उत्तर प्रदेशबाट भक्तजन आएका छन् । माघे औँसीका दिन नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणीधाममा स्नान गरेर सूर्यको आराधना … Read more

विदेश जाने विद्यार्थी तथा रोजगारकर्मीलाई लक्षित गरी चितवन कलेज अफ कुकुरी सञ्चालन

चितवन । देश तथा विदेशमा रोजगारी सिर्जना गर्ने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर ७ मा चितवन कलेज अफ कुकुरी सञ्चालनमा आएको छ । पर्यटन एवं हस्पिटालिटी क्षेत्रमा रोजगारी सिर्जना गर्न र दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यसहित उक्त कलेज सञ्चालनमा आएको हो । एक कार्यक्रमका बीच कलेजको नेपालका लागि अष्ट्रेलियन राजदुत लिन जोन्स्टनले उद्धघाटन गर्नुभएको हो … Read more

ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं, माघ १५ गते । मलेसियाका लागि नेपालका राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले क्वालालम्पुरस्थित राजप्रासादमा मङ्गलबार आयोजित विशेष समारोहमा त्यहाँका राजा सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजदूत तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजा इब्राहिमको सुस्वास्थ्य एवम् दीर्घायुका साथै मलेसियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको क्वालालम्पुरस्थित नेपाली … Read more

नेप्से परिसूचक २४ अङ्कले बढ्यो

काठमाडौँ, माघ १५- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से २४ दशमलव ५० अङ्कले वृद्धि भई दुई हजार छ सय ५७ दशमलव ७७ को बिन्दुमा कायम भएको हो । आज तीन सय २५ कम्पनीको एक करोड ९६ लाख ८० हजार एक सय ९५ कित्ता शेयर ९५ हजार ९७ पटक खरिदबिक्री हुँदा रू … Read more

संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर : प्रमुख सचेतक बर्तौला

काठमाडौं, माघ १५ गते ।  नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसद्लाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताउनुभएको छ । मङ्गलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकले संसद् सञ्चालनको मिति हेरफेर गरिएको जानकारी दिनुभयो । प्रमुख सचेतक बर्तौलाले अहिलेको सरकारले संसद्लाई बिजनेस दिने र संसदबाट … Read more

भरतपुर अस्पतालमा छ दिनदेखि बिरामीको उपचार गर्दै डाक्टर केसी

चिवतन, माघ १५- चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीले चितवनमा बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका छन् । निःशुल्क सेवा दिने उद्देश्य सहित डाक्टर केसीले भरतपुर अस्पतालमा बसेर बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका गरिरहेका हुन् । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा।डा।कृष्णप्रसाद पौडेलका अनुसार डा। केसीले छ दिनदेखि बिरामीको स्वास्थ्य उपचार गरिरहेका छन् । ‘उहाँले ओपिडी र वार्डमा भर्ना … Read more

संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने सरकारको निर्णय

काठमाडौं, माघ १५ गते सरकारले संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सरकारले ल्याएको अध्यादेशहरु संसदबाट फास्ट ट्रयाकमा पारित गर्दै छिटो कार्यान्वयनमा लैजाने निर्णय समेत भएको उहाँले बताउनुभयो । अध्यादेशहरु कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउने … Read more