झण्डै एक सातापछि नियन्त्रणमा आयो महाभारत क्षेत्रको थामलेकमा लागेको आगो

१४ माघ, काभ्रेपलाञ्चोक। गत मंगलबारबाट खानीखोला गाउँपालिका हुँदै बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्रको थामलेकमा लागेको भीषण आगलागी  एक सातापछि नियन्त्रणमा आएको छ । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आगलागी एक हप्तापछि नियन्त्रणमा आएको भएपनि केही ठाउँमा पुराना ठूला रूखका ठुटाहरूमा आगो निभ्न बाँकी रहेको जानकारी दिए। उनले अनलाइनखबरसँग भने, ‘वनमा लागेको डढेलो एक सातापछि आफै पूर्ण रुपमा नियन्त्रणमा … Read more

कांग्रेसबाट सरकारलाई पूराका पूरा साथ छ : प्रधानमन्त्री

भक्तपुर, माघ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास … Read more

भरतपुर मेयर्स कप क्रिकेटः लिग चरणमा पुग्ने ६ टिमको टुंगो लाग्यो

चितवन, माघ १४– ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा छनोट चरणबाट ६ टिम लिग चरणमा प्रवेश गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी प्रतियोगितामा आज छनोट चरणका सबै नकआउट खेल सकिएसंगै लिग चरणमा प्रवेश गर्ने ६ टिमको टुंगो लागेको हो । छनोट … Read more

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पदाधिकारीद्वारा शपथ

काठमाडौं, माघ १४ गते । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्राधिकरणका अध्यक्ष अर्जुनप्रसाद पोखरेलसहित तीन जना सदस्यलाई सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले शपथ गराउनुभएको हो । सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि अध्यादेशमार्फत सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्दै राष्ट्रिय सहकारी नियमन … Read more

चितवनमा हिरोका दुई नयाँ मोटरसाइकल सार्वजनिक

चितवन, माघ १४– हिरो मोटोकर्पको एक्स्ट्रिम सिरिजका दूई नयाँ मोटरसाइकल चितवनको बजारमा भित्रिएको छ । यूरो मोटर्स चितवनले एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आर चितवनमा लञ्च गरेको हो । आइतबार साँझ नारायणगढको नारायणी नदी किनारमा भव्य कार्यक्रमकाबीच उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले ती मोटरसाइकल सार्वजनिक गर्नुभएको हो । सो क्रममा बोल्दै … Read more

चितवनमा रवि लामिछानेसहित चारजनाविरुद्ध संगठित अपराधमा मुद्दा चलाउने राय

चितवन,माघ १४- जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित १४ जनाविरुद्धको पूरक अभियोजनका निम्ति अनुसन्धान प्रतिवेदन बुझाएको छ ।  जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको प्रतिवेदनमा लामिछानेसहित गोर्खा मिडियाका तत्कालीन सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी, तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र रामबहादुर खनालविरुद्ध संगठित अपराधमा … Read more

प्रेस चौतारी चितवनको आठौं अधिवेशन माघ २६ गते हुने

चितवन,माघ १४- श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको आठौं जिल्ला अधिवेशन आगामी माघ २६ गते शनिवार हुने भएको छ । प्रेस चौतारी चितवन जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन माघ २६ गते गर्ने निर्णय गरेको संगठनका सचिव ध्रुवराज खनालले जानकारी दिए । उनका अनुसार अधिवेशन हुने स्थलको तय टुंगो लाग्न बाँकी छ । चौतारी जिल्ला अधिवेशन … Read more

सैनिक कल्याणकारी कोषमा अनियमितता, पूर्वसेनानीसहितका अधिकारीमाथि छानबिन

१४ माघ, काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषको रकममा अनियमितता भएको आशंकामा जंगीअड्डाले छानबिन थालेको छ । कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा आर्थिक वर्ष २०७८/७९ र ०७९/८० मा अनियमितता भएको सूचना आएपछि महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको हो । सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, प्रारम्भिक जाँचमा … Read more

आकर्षणको केन्द्र बन्दै थारू सङ्ग्रहालय (फोटो फिचर)

घोराही, माघ १४ गते । दाङको दङ्गीशरण गाउँपालिका –३ चखौरामा स्थापना भएको थारू सांस्कृतिक सङ्ग्रहालय घुमफिरसँगै अध्ययन तथा अनुसन्धानका लागि आकर्षणको केन्द्रका रूपमा विकास भइरहेको छ । थारू समुदायसँग कला, संस्कृति, गरगहना, रीतिरिवाज, परम्परा, भेषभुषासँगै जीवनशैली झल्काउने सामग्री अवलोकनसँगै अध्ययन तथा अध्ययनका लागि दैनिक सयौँको सङ्ख्यामा मानिसहरू पुग्ने गरेका छन् । करिव पाँच वर्षअघि स्थापना … Read more

इतिहासबाट पाठ सिकेर भूकम्प प्रतिरोधी घर बनाउन आवश्यक : उपप्रधानमन्त्री सिंह

१४ माघ, काठमाडौं उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहीता पालना गर्नु अपरिहार्य रहेको बताएका छन् । सोमबार काठमाडौंमा २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरूबाट बारम्बार प्रभावित हुने … Read more