पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाको एक करोड, नेपाल पर्यटन बोर्डको २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पाँच लाख बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला सङ्ग्रहालय निर्माण थालिएको हो । … Read more

भिजनबिनाको मान्छेलाई नेता नसम्झनु ! त्यो ठग हो: हर्क

काठमाडौँ, माघ १४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छोड्न आदेश गरेपछि धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले फेसबुकमा स्टाटस लेखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा हिजो (आइतबार) राति साम्पाङले भिजनबिनाको मान्छेलाई नेता नसम्झनु !त्यो ठग हो भन्दै स्टाटस लेखेका हुन् । त्यसपछि उनले फेरि अर्को स्टाटस लेखे ‘चोर, … Read more

थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्दै हमास

तेल अभिभ, माघ १४- उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा हमासले छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका हुन्। रिहा गरिने बन्धकमध्ये एक नागरिक अर्बेल येहुद पनि … Read more

रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण

गोरखा, माघ १४- उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । धार्चे –२ स्थित रुन्चेत र धार्चे –३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो । रु एक करोड ३३ लाख ९४ हजार सात सय ५२ को लागतमा उक्त झोलुङ्गे … Read more

मातृभाषा शिक्षक तयार गर्दै व्यास नगरपालिका

डुम्रे (तनहुँ), माघ १४- गण्डकी प्रदेश सरकारले स्थानीय भाषा संरक्षण गर्न कामकाजका भाषामा समावेश गर्ने नीति लिएको छ । यसका लागि तनहुँको व्यास नगरपालिकाले  सामुदायिक विद्यालयमा मगर भाषा कक्षा सञ्चालन गर्ने उद्देश्यले प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण थालेको छ । प्रदेश सरकारले मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने नीति लिएसँगै नगरपालिकाले मगर भाषाको संरक्षणको निम्ति … Read more

अल्लोको कपडाबाट आकर्षक सामग्री

फुङ्लिङ (ताप्लेजुङ), माघ १४ ग्रामीण क्षेत्रमा पाइने कच्चा पदार्थको उपयोग गरेर ताप्लेजुङका महिला उद्यमी बन्दै गएका छन् । स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा उहाँहरूले आफ्नो क्षमता विकास गर्दै उद्यमी बन्न थालेका हुन् । फुङ्लिङ नगरपालिका–१० कि दीपा लिम्बूले विगत एक वर्षदेखि अल्लो प्रशोधन कार्यमा संलग्न हुँदै आएका छन् । बिहान–बेलुका घरायसी काम सकेर दिउँसो … Read more

प्रधानमन्त्री ओलीको जन्मस्थल भ्रमण गर्दै प्रचण्ड, के छ कार्यक्रम ?

काठमाडौं, माघ १४ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन् । प्रचण्ड आज र भोलि दुई दिन तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने छन् । प्रचण्डसँगै सैनिक हेलिकोप्टरमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि तेह्रथुम जाँदैछन् । प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उदघाटन गर्नेछन् । … Read more

‘कमाउ धन्दा’मा प्रहरी, टिप्परबाट स्थानीय बासिन्दा आतंकित

काठमाडौँ  उपत्यकाको उत्तरपूर्व क्षेत्रमा प्रहरीकै संरक्षणमा टिप्परले प्रहरीको मिलेमतोमा ढुवानी मापदण्डविपरीत निर्माण सामाग्री ओसारपसार गर्दै आएका छन्। काठमाडौँ – उपत्यकाको उत्तरपूर्व क्षेत्रमा प्रहरीकै संरक्षणमा टिप्परले प्रहरीको मिलेमतोमा ढुवानी मापदण्डविपरीत निर्माण सामाग्री ओसारपसार गर्दै आएका छन्।इन्द्रावती र त्यस आसपासका नदीबाट दैनिक सयौँ टिप्परले साँखु फट्केश्वर सडक हुँदै अवैध रुपमा निर्माण सामाग्री ढुवानी गरेका हुन्। मालवाहक सवारी … Read more

नवजात शिशुको श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्ने स्वास्थ्यमन्त्रीको निर्णय

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रिनिंङ, निर्देशिका २०८१ स्वीकृत गरेका छन् । समयमै उपचार पाएमा बालबालिकामा देखिने नसुन्ने समस्या कम गर्न सकिने विश्वासका साथ मन्त्री पौडेलले देशैभरका प्रजनन केन्द्रमा जन्मने बालबालिकाहरूको श्रवणशक्ति परीक्षणसम्बन्धी निर्देशिका स्वीकृत गरेको सचिवालयले जनाएको छ … Read more

अमेरिकी गुप्तचर निकाय सीआईए भन्छ- कोरोना चिनको प्रयोगशालाबाट फैलिएको हो

काठमाडौं अमेरिकी गुप्तचर निकाय सीआईएले कोरोना भाइरस जनावरबाट नभइ चिनको प्रयोगशालाबाट फैलिएको जनाएको छ। शनिबार जारी गरेको रिपोर्टमा जनावर भन्दा प्रयोगशालाबाट फैलिने सम्भावना बढी देखिएको जनाएको छ। सीआईएका प्रवक्ताले भने,  ‘उपलब्ध रिपोर्टहरूको आधारमा कोभिड-१९ महामारीको उत्पत्तिमा प्राकृतिक कारणभन्दा बढी प्रयोगशालासँग सम्बन्धित कारण भएको कम आत्मविश्वाससहितको मूल्यांकन छ।’  सीआईएको नयाँ निर्देशक जोन र्‍याटक्लिफको यो पहिलो निर्णय … Read more