शहीद परिवारको घरमा पुगे प्रचण्ड

काठमाडौँ, माघ ११- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शहीद परिवारमा पुगेर खाना खाएका छन्। शुक्रबार अध्यक्ष दाहालसहितका नेताहरुले दाङको तुलसीपुर ८ बटोलपुरस्थित भगवती चौधरीको घरमा पुगेर खाना खाएका हुन्। दाहालसहितका नेताहरुले चौधरीको घरमा थारु समुदायको परिकारसहित खाना खाएका छन्। जनयुद्धकालमा चौधरीको परिवारले छ जना सदस्य गुमाएको थियो।

क्यानडा अमेरिकाको ५१औं राज्य बन्न सक्छः ट्रम्प

काठमाडौं, माघ ११- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा अमेरिकाको ५१औं राज्य बन्न सक्ने अभिव्यक्ति दोहोर्‍याएका छन् । यसो हुनसके क्यान्डा चर्को करबाट बच्ने उनको तर्क छ । ‘क्यानडासँग हाम्रो ठूलो व्यापार घाटा छ। हामी यसलाई अब झेल्न सक्दैनौं’ उनले भने ।ट्रम्पले अगाडि थपे, ‘तपाईंलाई थाहा छ, म सधैं भन्ने गर्छु कि क्यानडा एक राज्य बन्न … Read more

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं, माघ ११- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्नेछ । बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । संसद बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।

यू-१९ महिला विश्‍वकप: प्लेअफमा मलेसियाविरूद्ध नेपाल पहिले बलिङ गर्दै

काठमाडौं, माघ ११- आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको प्लेअफ खेलमा नेपाल र मलेसिया खेल्दै छन् । खेलमा नेपालले टस जितेको छ । नेपालकी कप्तान पुजा महतोले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन् । नेपालले समूह चरणमा मौका नपाएका दुई खेलाडीहरू स्नेहा महरा र कुसुम गोदारलाई आज मौका दिएको छ । नेपाल समूह डी … Read more

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

चितवन, माघ ११- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गर्नुभएको हो । ताररहित महानगर बनाउने योजनाअनुरुप विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम गरिएको उहाँले बताउनुभयो । यसले महानगरपालिकालाई स्मार्टसिटी बनाउन … Read more

‘दिनेश त्रिपाठीको अभिव्यक्तिबाट न्यायपालिकाप्रति अनास्था पैदा’

काठमाडौं, माघ ११- न्यायाधीश समाज नेपालले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको अधिव्यक्तिबाट न्यायालयप्रति नै अनास्था पैदा भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ। समाज नेपालका महासचिव टेकनारायण कुँवरद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिप्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरूप्रति … Read more

रेल दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या ७ पुग्यो

काठमाडौं, माघ ११- भारत महाराष्ट्रको जलगाउँ पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली रहेका छन्।तीमध्ये ४ जना अछामका र एक जना कैलालीका छन् भने दुई जनाको ठेगाना नखुलेको दिल्लीस्थित नेपाली दूतावासमा कन्सुलर रहेका नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माले बताए। मृत्यु हुनेमध्ये अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा … Read more

छापाखानासम्बन्धी ऐन बनाउन मुद्रण उद्योग महासंघको माग

बुटवल, माघ ११- नेपाल मुद्रण उद्योग महासंघले मुद्रण क्षेत्रलाई सबलीकरण गर्न छापाखानासम्बन्धी ऐन बनाउन सरकारसँग माग गरेको छ । मुद्रण क्षेत्र संकटतर्फ धकेलिएको भन्दै महासंघले ऐन निर्माणको माग गरेको हो । महासंघको ११औं साधारणसभाको पूर्वसन्ध्यामा महासंघले बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अर्बौं लगानी भएको क्षेत्रलाई भन्सार नीतिमा सुधार गर्दै जीटूजी पनि खारेजीको माग गरेको हो … Read more

११ अंकले घट्यो नेप्से, कारोबारमा पनि भारी गिरावट

काठमाडौं– आज सेयर कारोबार  नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५  बिन्दुमा पुगेर बन्द भएको हो । नेपाल धितोपत्र बोर्डका अनुसार परिसूचक घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको देखिएको छ ।बिहीबार ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच भएको थियो । जसबाट ७ … Read more

चितवनमा व्यावसायिक आलु उत्पादन गर्न आलुका जातको अनुसन्धान गरिँदै

नारायणगढ (चितवन), माघ १०- आलु खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले जिल्ला कृषि कार्यालयले यहाँको खैरहनी नगरपालिका–१० खरखुट्टेमा आलुका जातको अनुसन्धान गर्दै आएको छ । कार्यालयले वार्षिक कार्यक्रम अन्तर्गत आलुको उन्नत जात तथा स्वदेशी एवं विदेशी हाइब्रिड जातको अनुसन्धान गर्न यहाँ आलु लगाएर परीक्षण गर्दै आएको हो । कार्यालयका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार यस स्थानमा … Read more