समाज अगाडि बढाउन संस्कृतिको महत्त्वपूर्ण भूमिका रहन्छ : उपप्रधानमन्त्री सिंह

धादिङ– उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । बिहीबार धादिङ लोक सांस्कृतिक महोत्सवमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । हाम्रो समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठुलो भूमिका निर्वाह गरिरहेको हुन्छ, उपप्रधानमन्त्री सिंहले भने, त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीले सांस्कृतिक महोत्सवहरू मनाइरहनुपर्छ । … Read more

महिला प्रदेशसभा सदस्यको गुनासो : महिला भएकै कारण विभेद

महेन्द्रनगर– मधेस प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरूले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन् । लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङ्गसम्बन्धी तीन दिवसीय कार्यशालाको समापन कार्यक्रममा बोल्दै आज महिला प्रदेशसभा सदस्यहरूले सदन बाहिर तथा सदनभित्र दुवै स्थानमा आफूहरूमाथि विभेद हुने गरेको दुखेसो गरेका हुन् । मधेस प्रदेशसभाका उपसभामुख बबिता राउत इसरले भने , ‘महिलाले राजनीतिमा अवसर … Read more

विवादको भुंग्रोमा विवाह उमेर : आआफ्नै डम्फू , आआफ्नै ताल !

काठमाडौं – एक दशकयता सरकारले ‘बिहेवारी २० वर्ष पारी’ को नारा लगाइरहेको छ । तर, उक्त नारामा कुनै तादात्म्य नमिलेको भन्दै कानुन निर्माताले बहस छेडेका छन् । विवाहको उमेर २० वर्षबाट घटाएर १८ मा झार्नुपर्ने भन्दै अहिले छलफल चलिरहेको छ ।  प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिले विवाहको उमेर १८ वर्षमा झार्नुपर्ने सुझाव दिएको छ … Read more

सरकारले युवाहरूलाई रोजगारी दिन सक्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले युवाहरूलाई रोजगारी दिन नसक्ने बताएका छन्। बिहीबार नवलपरासीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाहरूलाई सरकारले नभएर नीजीक्षेत्रले रोजगारी दिनुपर्ने बताए। ‘सरकारले रोजगारी दिन सक्दैन। रोजगारी दिने वातावरण बनाइदिनुपर्छ,’ उनले भने। पछिल्लो आँकडाअनुसार वर्षमा करिब ५ लाख जनशक्तिलाई रोजगारीको सिर्जना गर्नुपर्ने उनले बताए। सरकारले सेना, प्रहरी, शिक्षक, निजामति … Read more

पुष्पान्जली अस्पतालको सहयोगमा नि:शुल्क मधुमेह सचेतना तथा स्वास्थ्य शिबिर सम्पन्न

 भरतपुर, इनरव्हील क्लब अफ नारायणी इनरव्हील डिस्ट्रिक्ट ३५० को आयोजना तथा पुष्पान्जली हस्पिटल प्रा.ली. भरतपुरको प्राबिधीक सहयोगमा भरतपुर-४ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । भरतपुर ४ मा रहेको दुर्गा भगवती मन्दिर लंकु-त्रिचोकमा उक्त शिबिर सम्पन्न भएको हो । सो क्रममा सर्बसाधारण जनताहरुलाई नि:शुल्क प्रेशर , सुगर परिक्षण , तथा सचेतना कार्यक्रम गरिएको छ … Read more

त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपलका लागि २ जनाको मात्र निवेदन

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको प्रमुखका लागि दुई जनाको मात्रै आवेदन परेको छ । शिक्षाध्यक्षको कार्यालयले पुस २८ गते पहिलो पटक सात दिने सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरे पछि जम्मा दुई जनाको मात्रै आवेदन परेको जनाइएको छ ।जस अनुसार अक्कलदेव मिश्र र उद्धव सिग्देलको मात्रै उम्मेदवारी परेपछि सिफारिस समितिले अब दुई जनालाई नियुक्तिका … Read more

सरकारले काम गर्ने हो, दिन गनेर बस्दैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकार दिन गनेर नबस्ने बताएका छन्। बिहीबार राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा पौडेलले सरकार जनतालाई आशा जगाउन केन्द्रित भएकाले काम गर्ने दिन गनेर नबस्ने बताए। ‘सरकारले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्दै जानेछ। सरकार दिन गनेर बस्दैन। काम गर्नेछ। निराशालाई आशामा बदल्नेछ। देश छोडेर जाने … Read more

सत्ताको हेराफेरीले संसद्का चर्चित अनुहारलाई सकस : कस्तो सुनिएला आवाज ?

काठमाडौं संसद् त्यस्तो ऐना हो, जहाँ जनताका हरेक सरोकारका विषयको दृश्य देख्न, सुन्न पाइन्छ । जनप्रतिनिधिमार्फत् सुनिने त्यही विषयले कार्यपालिकालाई दिशा निर्देश गर्छ । जनताका सन्देशबाहक जनप्रतिनिधिहरूको गतिविधिमा जनताको कसी लाग्ने गर्छ । त्यति मात्र होइन, नागरिकका नजरमा उनीहरूको राजनीतिक मानक यहीँ भित्रका गतिविधिबाट स्थापित हुन्छ । हरेक संसद् अधिवेशन सांसदहरूका लागि अघोषित परीक्षा पनि … Read more

भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, माघ १०- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गर्नुभएको छ । मन्त्री डा राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । … Read more

स्याङ्जामा १४ वटा शीत भण्डार निर्माण

वालिङ – स्याङ्जामा शीत भण्डार स्थापनासँगै यहाँ उत्पादित कृषिजन्य वस्तुको भण्डारमा सहज भएको छ । कृषिजन्य वस्तु उत्पादन भएकै समयमाभन्दा केही समय भण्डारण गरेर बिक्री गर्दा राम्रो बजार मूल्य पाउने भएकाले जिल्लाका विभिन्न पालिकामा शीत भण्डार स्थापना गरिएको हो । विशेष गरी जिल्लामा धेरैमात्रामा उत्पादन हुने सुन्तला, आलुलगायतका कृषिजन्य उत्पादनको भण्डारणका लागि शीत भण्डारले सहज भएको … Read more