भियतनाममा अवैध डलर कारोबार गर्ने एक गिरोह कारबाहीमा

एजेन्सी – भियतनाम प्रहरीले बाह्य देशबाट एक अर्ब २० करोड डलर बराबरको अवैध रकम मुलुकमा ल्याउने पाँच व्यक्तिलाई पक्राउ गरी कारबाही गरेको छ । सन् २०२२ देखि २०२४ सम्म बैंक कर्मचारीसहितको गिरोहले परिचयपत्र र बैंक छाप जालसाजी गरी १८७ व्यवसाय स्थापना गरी छ सयभन्दा बढी कर्पोरेट बैंक खाता खोलेका थिए । यी खाताहरू विदेशमा धोखाधडी वा जुवाको … Read more

प्रचण्ड भन्छन्- सहिद परिवारको दु:खसुखको साथी नै माओवादी

बाँके– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यति बेला लुम्बिनी र कर्णालीको भ्रमणमा छन् ।बाँकेको नेपालगञ्जमा रहेर उनी विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन् । उनी बिहीबार बाँकेको खजुरा-३ स्थित धवलागिरी गाउँमा पुगे । उनी माओवादीका सहिद डम्बर रानाभाटको घरमा पुगेर खाना खाएका छन् । उनले माओवादीका सहिद परिवारसँग भेट गर्दै बिहानको खाना … Read more

चिसो लागेर प्रधानमन्त्री बिरामी, बालुवाटारमै आराम गर्दै

काठमाडौं– चिसोले बिरामी परेपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार पनि बालुवाटारमा आराम गरिरहेका छन् । मंगलबार बेलुका एउटा पार्टीमा भाग लिएर मध्यराति सरकारी निवास फर्किएका प्रधानमन्त्रीको घाँटीमा समस्या देखिएको थियो । घाँटीमा समस्या भएर स्वर भासिएपछि प्रधानमन्त्रीलाई चिकित्सकहरूले आराम गर्न सुझाएका छन् । मंगलबार रातिदेखि नै समस्या भएपछि ओलीले बुधबार बालुवाटारमा आराम गरेका थिए । … Read more

चिसो बढेपछि सर्वसाधारणलाई राहत दिन धनुषा ट्राफिकले दाउरा बाँड्दै

जनकपुरधाम– नेपालको तराई क्षेत्र विशेष गरी धनुषा जिल्लामा चिसोको कारण जनजीवन थप कष्टकर बनेको छ । मौसममा आएको अचानकको परिवर्तनले चिसो अत्यधिक बढेपछि सर्वसाधारणलाई राहत प्रदान गर्न धनुषा ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चिसोबाट प्रभावित जनतालाई न्यानो प्रदान गर्ने उद्देश्यले विभिन्न स्थानमा दाउरा … Read more

सगरमाथा यात्रा दस्तुर बढ्यो, विदेशीले थप ४ हजार डलर तिर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ ।विदेशीहरूको लागि आरोहण शुल्क ११ हजार अमेरिकन डलरबाट बढाएर १५ हजार डलर पुर्‍याइएको छ, जो ३६ प्रतिशत बढी हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत माधव अधिकारीले भने, ‘नयाँ दर आगामी सेप्टेम्बर १, २०२५ देखि लागू हुनेछ तर यो वसन्तमा माउन्ट एभरेस्ट चढ्न चाहनेहरूले … Read more

महोत्सव उद्घाटन गर्न हेलिकप्टर चढेर धादिङ पुगे उपप्रधानमन्त्री सिंह

काठमाडौं-  अहिले देशभर मेला र महोत्सवको माहोल छ । देशका विभिन्न ठाउँमा महोत्सव चलिरहँदा कलाकार, नेता र मन्त्रीसमेतले घुमघाम गर्न पाइरहेका छन् ।महोत्सवले संघीय सरकारका मन्त्रीहरूलाई समेत छोएको छैन । काठमाडौंबाट जहाज र हेलिकप्टर चढेर मन्त्रीहरू देशका विभिन्न जिल्लाका महोत्सवमा अतिथि-प्रमुख अतिथि भइरहेका छन् । स्थानीय तहहरूलाई बजेट सक्ने गतिलो माध्यम मेला र महोत्सव भइरहेका … Read more

भीम रावललाई सघाउने नेता-कार्यकर्तामाथि एमालेले चलाउन थाल्यो कारबाहीको डन्डा

अछाम- गत पुस ११ गतेको सचिवालय बैठकबाट निष्कासित पूर्वउपाध्यक्ष डा. भीम रावललाई साथ दिने नेता-कार्यकर्तामाथि नेकपा एमालेले कारबाहीको डन्डा चलाउन थालेको छ।रावलको गृहजिल्ला अछाममा पार्टी हितविपरीत काम गरेको आरोपमा जिल्ला कमिटीका ६ जना नेताहरूलाई एमालेले कारबाही गरेको छ । रावलले थालेको ‘मातृभूमि जागरण अभियान’को पक्षमा लागेर पार्टी हितविपरीत काम गरेको भन्दै जिल्ला कमिटीले उनीहरूलाई कारबाही … Read more

प्रविधिले जोगाएको नेपाली अण्डाको बजार

चितवन, माघ १०- कुखुरा पालन व्यवसायमा लगानी बढेसँगै मासु तथा अण्डातर्फ नेपाल आत्मनिर्भर बन्दै गएको छ । कोभिड सङ्क्रमणका कारण समग्र विश्वबजार शिथिल भई अर्थतन्त्रमा परेको नकारात्मक असरको प्रभाव नेपालको ‘पोल्ट्रिी’ व्यवसायमा पनि परेको सम्बद्ध क्षेत्रका व्यवसायी बताउँछन् । पोल्ट्री व्यवसायी मञ्चले कोभिडका समयमा नेपाली बजारमा अण्डाका माग ह्वात्तै घटी नगन्यमात्रामा कारोबार भएपछि विस्थापित हुनपुगेका … Read more

काठमाडौंको वायु अस्वस्थकर, १८३ एक्यूआईसम्म पुग्यो प्रदूषण तह

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको छ। बिहीबार ११:३० बजे उपत्यकाका तीन स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५० भन्दा माथि पुगेको वातावरण विभागले जनाएको छ।शखपार्क क्षेत्रमा एक्यूआई १८३ पुगेको छ। त्यहाँको पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर ११२.८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको भनाइ छ। काठमाडौंको रत्नपर्क र लतिलपुरको खुमलटारमा … Read more

कुर्स्कमा युक्रेनविरुद्ध लड्दा हजार उत्तर कोरियाली मारिए

किभ, माघ १०- रुसको पश्चिमी कुर्स्क क्षेत्रमा युक्रेनी सेनाविरुद्धको लडाइँमा झन्डै हजार उत्तर कोरियाली सेना मरिसकेको बताइएको छ । तीन महिनाको अवधिमा सो क्षेत्रमा मृत्यु हुने कुल रुसी सेनामा ४० प्रतिशत उत्तर कोरियाली सेना भएको नाम उल्लेख नगर्ने सर्तमा पश्चिमी अधिकारीहरूले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । उत्तर कोरियाली युक्रेनी युद्धमा रुसलाई सघाउन ११ … Read more