सवारीसाधनको चाबी थुत्न नपाइने अदालतको आदेश

काठमाडौँ, माघ १० गते  सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले कानुनविपरीत जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने गरेको पाइएपछि परेको निवेदनका आधारमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश दिएको छ । व्यक्तिगत सम्पत्ति र दुख दिने नियतले गरिने यस्ता कार्य नगर्न र कानुन बमोजिम मात्र … Read more

बाघको आक्रमणबाट बाँकेमा वृद्धाको मृत्यु

बाँके, माघ १०- बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका ८ सम्शेरगन्जस्थित ओभरीमा रहेको भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा हिजो (बुधबार) दिउँसो बाघले आक्रमण गर्दा ६७ वर्षीया चेती बुढाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार दाउरा काट्न गएकी चेतीलाई घरबाट करिब २ … Read more

जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुख र जिल्ला समन्वय समिति महासङ्घ नेपालका पदाधिकारीसँग राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटघाट कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् । ‘विभिन्न कठिनाइका बावजुद … Read more

प्रधानमन्त्री ओली भोलि बुटवल जाँदै

रुपन्देही, माघ १०- प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शुक्रवार) बुटवल जाने भएका छन्। पाल्पा र रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुने ओली भोलि बुटवल जाने भएका हुन् । प्रधानमन्त्री ओलीले बिहान सवा ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन गर्नेछन्। त्यहाँबाट हेलिकप्टरमार्फत बिहान १२ः१५ बजे बुटवलको बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुग्ने कार्यक्रम तय गरिएको छ। … Read more

आखेटोपहारसहित दुई जना पक्राउ

चितवन, माघ १०- संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई मङ्गलबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई भरतपुर महानगपालिका – १० बाट पक्राउ गरेको हो । अभियुक्तहरूलाई अनुसन्धानका लागि निकुञ्जको … Read more

पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा),माघ १०- चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट रु ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा रु ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ … Read more

वि अदालत उपस्थित, थुनछेक बहस सुरु हुँदै

काठमाडौँ, माघ १०- बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति था पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन् । बुधबार बयानमात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई परिवार र वकिलको जिम्माजमानीमा छाडिएको थियो । सोही अनुसार लामिछाने बिहीबार अदालतमा उपस्थित भइसकेको जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । बिहीबारबाट … Read more

सुनको मूल्य घट्यो

काठमाडौँ, माघ १०- नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार)को तुलनामा आज छापावाल सुन तोलामा ४०० रुपैयाँले घटेको हो । जसअनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार पुगेको थियो ।

बाँकेमा बीस प्रजातिका चरा भेटिए

नेपालगञ्ज, माघ १०- केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन् । जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन् । चराका त्यस्ता प्रजातिमा चखेवालगायत साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा भएको चराविज्ञ राम शाहीले बताउनुभयो । “ताल, तलैयामा भएको फोहोरले … Read more

सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं, माघ १०- प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १५ जनालाई ७ दिनभित्र सम्पर्कमा निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर भएका प्रहरीका १५ जनालाई ७ दिनभित्र सम्पर्कमा आउन कार्यालयले निर्देशन दिएको हो । प्रहरी महानिरीक्षकको सचिवालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर हुनुको कारणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो । अन्यथा प्रहरी नियमावली अनुसार कारबाही … Read more