राष्ट्रपति ट्रम्पलाई पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौँ, माघ ८- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्तराज्य अमेरिकाको ४७औँ राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाईसहित कार्यकाल सफलताका लागि शुभकामना दिनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ‘ट्वीटर’मार्फत बधाई दिँदै राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । रासस

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३१ लाख ठगी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ, माघ ८- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रु ३१ लाख ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । बाग्लुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले सोमबार अपाह्न पक्राउ … Read more

तनहुँमा मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु

तनहुँ, माघ ८- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जिल्लाको ऋषिङ गाउँपालिका–६ चालिसे घर भई हाल व्यास–५ पाटन बस्ने १९ वर्षीय सन्दीप आले र निजकी आमा ४० वर्षीया मधुमाया आले रहेका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश … Read more

ट्रम्प राष्ट्रपति बनेपछि जेलेन्स्कीले भने- शक्तिशाली व्यक्तिलाई सफलताको शुभकामना

कियभ युक्रेनका राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि मुख खोलेका छन्। ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि जेलेन्स्कीले भने, ‘उनी शक्तिशाली व्यक्ति हुन् । म राष्ट्रपति ट्रम्प र पूरा अमेरिकालाई सफलताको शुभकामना दिन्छु ।’ जेलेन्स्कीले शान्तिसम्मको यात्राका लागि युक्रेनी जनता अमेरिकासँग मिलेर काम गर्न तयार रहेको बताए । ‘शान्तिसम्म पुग्नका लागि युक्रेनका जनता … Read more

कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफबीच सम्झौता

काठमाडौं कुमारी बैंक लिमिटेड र नक्सालस्थित वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकलाई वात्सल्य आईभीएफ प्याकेजमा १० रुपैयाँको छुट प्रदान गरिनेछ साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १०प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ । वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता … Read more

तालिबान सरकारद्वारा अमेरिकासँग कैदी आदान–प्रदानको घोषणा

एजेन्सी तालिबान सरकारले मंगलबार कतारको मध्यस्थतामा अमेरिकी कैदीहरूको बदलामा एक अफगान कैदीको रिहाइ भएको घोषणा गरेको छ ।‘अमेरिकामा बन्दी बनाइएका अफगान लडाकु खान मोहम्मदलाई अमेरिकी नागरिकको बदलामा रिहा गरी देश फिर्ता गरिएको छ’, अफगान विदेश मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । मन्त्रालयका अनुसार मोहम्मदले ‘करिब दुई दशकअघि’ अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा पक्राउ परेपछि क्यालिफोर्निया राज्यमा … Read more

‘सगरमाथा संवाद’को घोषणा गरिँदै

काठमाडौं सरकारले आगामी जेठ पहिलो साता आयोजना गर्नेगरी ‘सगरमाथा संवाद’ तयारीको घोषणा गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीबाट संवाद घोषणा गर्न लागिएको हो । समारोहमा मन्त्री, सचिव, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, विकास साझेदार निकायका प्रमुख, जलवायु क्षेत्रमा काम गर्ने संस्थाका प्रमुख, सञ्चारकर्मीलगायतको सहभागिता रहने बताइएको छ । जलवायु परिवर्तनका … Read more

आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ । आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष रामबहादुर थापा मगरले सो प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा आयोगका अध्यक्ष मगरले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हलगोरु पाल्ने किसानलाई सम्मान

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।पछिल्लो समय युवाहरू विदेश पलायन भएको र मिनिटिलर, ट्याक्टरले खेत जोत्ने क्रम बढेपछि गोरु पाल्ने किसानको सङ्ख्या घटेको छ । गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो जमिन बढेपछि किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो चरणमा १८ जना किसानलाई रु पाँच हजारका दरले … Read more

ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेश के हो ?

वासिङ्टन डीसी सरकारी नीतिमा आफ्नो छाप छोड्न चाहने कुनै पनि अमेरिकी राष्ट्रपतिका लागि कार्यकारी आदेश एउटा महत्त्वपूर्ण अस्त्र हो । ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेका राष्ट्रपति डोनाल्ड ट्रम्प कुनै समय समय खेर फाल्न चाहँदैनन् । राष्ट्रपति बनेयता उनले लगभग २०० कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् । यसमा कानुनी रूपमा बाध्यकारी आदेशहरू र सामान्यतया … Read more