मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रण गर्न आवश्यक : मन्त्री अधिकारी

ललितपुर – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तीन तहका सरकारको सक्रियतामा मानव र वन्यजन्तु द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको बताएका छन् । विज्ञान प्रवर्द्धनका लागि जापानी समाज (जेएसपीएस) को सहयोगमा नेपाल जेएसपीएस अल्मुनाइ एशोसियशन (एनजेएए) द्वारा आज ललितपुरमा आयोजित ‘वन्यजन्तु व्यवस्थापन चुनौती र समाधान’ विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषि उत्पादनमा हानी … Read more

मोर्चा बनाउने दिशामा मधेसकेन्द्रित दल, कार्यदलको पहिलो बैठक बस्दै

काठमाडौं- तराई-मधेसकेन्द्रित दलहरूले मोर्चा गठन तयारीलाई तीव्र बनाएका छन् । संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने र बाहिर रहेका तराई-मधेसकेन्द्रित दलहरूले मोर्चा गठन गर्ने तयारीसहित कार्यदल बैठक राख्न लागेका हुन् ।यी दलको कार्यदलको पहिलो बैठक मंगलबार बिहान १० बजे समर्पण एकडेमी, धुम्बाराहीमा बस्ने भएको छ । बैठकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट रेणु यादव र मोहम्मद … Read more

परराष्ट्रमन्त्रीको जवाफ : बीआरआई सम्झौतामा ‘ऋण’ भन्ने शब्द नै छैन

काठमाडौं-  परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले चिनियाँ सहयोग परियोजना ‘बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई)’ सम्झौता ‘लोन’ अर्थात् ऋण नभएको बताएकी छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै पराराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा गत मंसिर १९ गते भएको सम्झौतामा ‘लोन’ नै नरहेको बताएकी … Read more

युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु

एजेन्सी – युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । रुसले युक्रेनविरुद्धको युद्धमा करिब ३०० उत्तर कोरियाली सैनिकको मृत्यु हुनुका साथै दुई हजार ७०० जना घाइते भएको दक्षिण कोरियाली सांसदले सोमबार सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बताएका छन् । सियोलले यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको … Read more

युक्रेनसँगको युद्धमा तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु

सियोल, पुस २९ गते । युक्रेनसँगको युद्धमा तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । रूसले युक्रेनविरुद्धको युद्धमा करिब तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु हुनुका साथै दुई हजार सात सय जना घाइते भएको दक्षिण कोरियाली सांसदले सोमबार सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बताउनुभएको छ । सियोलले यसअघि … Read more

राष्ट्रिय वाणिज्य बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, पुस २९ गते ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंक सञ्चालक  समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै … Read more

भीरबाट लडेकी विष्णुमायाको उपचार अभावमा गयो प्राण

धनगढी- भीरबाट लडेर गम्भीर घाइते भएकै अवस्थामा घटमुना अस्पताल पुर्‍याइएकी विष्णुमाया रोकायाको उपचार अभावमा ज्यान गएको छ। टाउको र छातीमा देखिएको गम्भीर चोट र धेरै रगत बगेकाले अचेत अवस्थामा रोकायालाई स्थानीय महिलाहरुले अस्पताल पुर्‍याएका थिए ।अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले बाहिर लान सुझावसहित रिफर गरिदिएका थिए। तर आफन्तले आर्थिक अभावको कारण देखाएर सकेको उपचार गर्न आग्रह गरे … Read more

तरकारी खेतीबाट वार्षिक छ लाख आम्दानी

वालिङ– यहाँका एक किसानले व्यावसायिक तरकारी खेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङका कमलापति डुम्रेले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । खाद्यान्न व्यवसायबाट अपेक्षाकृत आम्दानी नभएपछि उनी तरकारी खेतीमा होमिएका हुन् । एघार वर्षअघि ‘प्रगतिशील कृषि फर्म’ दर्ता गरी तरकारी खेती सुरु गरेका डुम्रेको … Read more

मिथिलाञ्चलमा तिला सङ्क्रान्तिको रौनक

जलेश्वर – मिथिलाञ्चल क्षेत्रमा तिला सङ्क्रान्ति (माघे सङ्क्रान्ति) पर्वको रौनक छाएको छ । मिथिलाञ्चलमा धूमधामसँग मनाइने यो पर्वको चहलपहल अहिले यहाँका गाउँ बस्तीमा सुरु भइसकेको जलेश्वर नगरपालिका(५ का संस्कृतिविद् ध्रुव राउतले बताए। यस पर्वमा मिथिलाञ्चलमा चिउरा, भुजा र तिलमा सक्खर हालेर बनाइएको लड्डु खाने चलन छ । साथै खिचडी र दही, चिउराको भोजन गर्ने चलन पनि … Read more

कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर महिनाको ६० हजारसम्म कमाउँदै राजेन्द्र

बरहथवा (सर्लाही), पुस २९- विद्युतीय धरापमा परेर खुट्टा गुमाएका सर्लाहीको हरिवन नगरपालिका–५ किङरिङ टोलका २२ वर्षीय राजेन्द्र महतोले विद्युतीय तीन पाङ्ग्रे सवारी साधन (अटोरिक्सा) चलाएर जीवनमा पुन खुसी फर्काए। वि।सं २०७७ वैशाख १८ गते दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएपछि उनलाई अब बाँकी जीवन सकियो भन्ने चिन्ता लागेको थियो। तर, त्यही दुर्घटनापछि जीवनमा एकपछि अर्को गर्दै … Read more