सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार

काठमाडौं – नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्स पुग्नुअघि देखि नै कीर्तिपुर रङ्गशालामा अर्कै माहोल थियो । खेलको बीचबीचमा बजाइने लोकप्रिय देउडा गीत र नृत्यमा झुम्दै गरेका दर्शकहरूले सुदूरपश्चिमलाई राम्रैसँग परिचित गराएका थिए । सुदूरपश्चिम अब टाढा होइन, आम नेपालीको मनमुटुमा र केन्द्रमै छ भन्ने सन्देश त्यहाँ देखिन्थ्यो, सुनिन्थ्यो । देशको भूगोलमा त … Read more

नाइजेरियामा सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु

नाइजेरिया– अफ्रिकी देश नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा आइतबार भएको सैन्य हवाई आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार एक पाइलटले स्थानीय जनताको सुरक्षा बललाई गल्तीले आपराधिक गिरोह ठानेर प्रहार गर्दा १६ सर्वसाधारणको मृत्यु भएको हो । नाइजेरियाली सेनाले लामो समयदेखि यस क्षेत्रमा आपराधिक गिरोहसँग लड्दै आएको छ। उनीहरूलाई स्थानीय भाषामा डकैत भनिन्छ … Read more

कुनै दल फुुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री

काठमाडौं, पुस २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी काननलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजन गराउनेसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुुठ र नकारात्मकता फैलाइएकामा … Read more

२०८४ लक्षित एमालेको घरदैलो कार्यक्रम अभियान

विराटनगर– टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिचालन गर्ने गरी नेकपा (एमाले) ले जरा केन्द्रित तीन महिने अभियान सञ्चालन गर्ने भएको छ । एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि जनस्तरमै पुगेर पार्टी निर्माण अभियान सञ्चालन गर्न लागिएको हो । माघदेखि चैतसम्म सञ्चालन हुने अभियानको घोषणा एमाले कोशी प्रदेशले शनिबार सम्पन्न बैठकले प्रस्ताव गर्दै आइतबार प्रदेश … Read more

अध्यक्ष प्रचण्ड माघ ५ गते ग्रामथान जाने

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ५ गते मोरङको ग्रामथान गाउँपालिका जाने भएका छन् । मंसिर १६ गते भएको उपनिर्वाचनका विजेतालाई बधाई दिन तथा जागरण सभाका लागि प्रचण्ड ग्रामथान आउन लागेको सांसद अमनलाल मोदीको भनाइ छ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् माझी विजयी भएपछि … Read more

सहासी चुङ्बा : जसले हुम्लामा तीन दिन पछ्याएर खिचेका थिए जंगली याकको फोटो

काठमाडौं-  कलेजोको क्यान्सरसँग जुधिरहेका चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा ६४ वर्षको उमेरमा यो दुनियाँबाट बिदा भएका छन् ।सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१, लुक्ला निवासी चुङ्बाको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा गयराति १२:१५ बजे निधन भयो । एक दशकदेखि वाइल्डलाइफ फोटोग्राफीमै आफूलाई केन्द्रित गरेका उनले त्यसअघि राजनीतिकदेखि व्यवसायसम्म आफूलाई पोख्त बनाए । यही मंगलबार मात्रै इन्डोनेसियाको जंगलमा … Read more

सर्‍यो माओवादी पदाधिकारी बैठक, माघ २ गते बस्ने

२९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । सोमबार दिउँसो बस्नेगरी तय भएको बैठक अब बुधबार (माघ २) गते मात्रै बस्ने सचिव देवेन्द्र पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।उनका अनुसार बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ । ‘बैठक आज बस्ने तय गरेका थियौं । विविध कारणले बुधबारसम्मका लागि सर्‍यो,’ सचिव पौडेलले … Read more

सिक्लेसमा ठेलो हान्ने मेला

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुई सय वर्षअघि देखिको इतिहास जोडिएको माघे संक्रान्ति मेला भोलिदेखि सुरू हुने भएको छ। कास्की र आसपासका क्षेत्रमा प्रचलित प्राचीन मेलाहरूमध्येको यो मेला सिक्लेस युवा क्लबको आयोजनामा गर्न लागिएको हो। सिक्लेसमा माघे संक्रान्तिका दिनमा ठेलो हान्ने प्राचीन परम्परा दुई सय वर्षअघिदेखि प्रचलनमा आएको इतिहासअनुसार त्यही समयदेखि नै यो मेला हुँदै आएको … Read more

यू-१९ महिला विश्वकपः वेष्ट इन्डिजविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं, पुस २९- यू-१९ महिला टी-२० विश्वकप क्रिकेटको वार्मअप खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । मलेसियाको कोलेज तुन्कु जाफार मैदानमा नेपालविरुद्ध वेष्ट इन्डिजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो। नेपालले दोस्रो वार्मअप खेल बुधवार अमेरिकासँग खेल्नेछ ।

सार्वजनिक यातायातमा जंक फुडको विज्ञापन गर्न नपाइने

काठमाडौँ, पुस २९- मोटोपन नियन्त्रण गर्न र स्वस्थ आहार प्रवर्द्धन गर्न सार्वजनिक यातायातमा जंक फुडको विज्ञापनमा प्रतिबन्ध लगाउने दक्षिण अस्ट्रेलिया पहिलो अष्ट्रेलियाली राज्य बनेको छ। जुलाई १, २०२५ मा लागू हुने यो प्रतिबन्धले सार्वजनिक बस, रेल र ट्राममा चकलेट, लली, कन्फेक्शनरी, मिठाई, आइसक्रिम, सफ्ट ड्रिंक्स र चिप्स जस्ता अस्वस्थ उत्पादनहरूको तस्बिरहरू राख्न निषेध गरेको छ। … Read more