निकिताले रविलाई इजलासमै लगाइदिइन् टीका

२९ पुस, काठमाडौं । थुनछेक बहसको क्रममा काठमाडौं जिल्ला अदालतको इजलासमा उपस्थित रवि लामिछानेलाई पत्नी निकिताले टीका लगाइदिएकी छन् । आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको रातो टीका पत्नी निकिता पौडेलले रविलाई लगाइदिएकी हुन् ।काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री लामिछानेको थुनछेक बहस जारी छ । न्यायाधीश माधवप्रसाद अधिकारीले सरकारी वकिललाई दुई … Read more

विश्वका घुम्नलायकको सूचीमा लुम्बिनी

लुम्बिनी, पुस २९ गते ।  बुद्ध जन्मस्थल लुम्बिनी विश्वविख्यात पत्रिका न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा परेपछि यस क्षेत्रीमा खुशी छाएको छ । खासगरी पर्यटक व्यवसायी यसबाट खुशी छन् । सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्ये नवौं नम्बरमा लुम्बिनी छ  । ‘‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँमध्ये लुम्बिनी नवौं … Read more

सिक्लेसमा ठेलो हान्ने मेला

गण्डकी,  पुस २९ गते । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुुई सय वर्षअघि देखिको इतिहास जोडिएको माघे सङ्क्रान्ति मेला भोलिदेखि सुरु हुने भएको छ । कास्की र आसपासका क्षेत्रमा प्रचलित प्राचीन मेलाहरूमध्येको यो मेला मेला सिक्लेस युवा क्लबको आयोजनामा गर्न लागिएको हो । सिक्लेसमा माघे सङ्क्रान्तिका दिनमा ठेलो हान्ने प्राचीन परम्परा दुुई सय वर्षअघि देखि प्रचलनमा … Read more

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न, ३० रुपैयाँ लाभांश बाड्ने प्रस्ताव पारित

काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को सत्रौँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफा रकम मध्येबाट प्रति शेयर ३० रुपैयाँका दरले शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। साधारणसभामा करिब ९१.६२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो। उक्त … Read more

देवघाटमा भोलि लाग्ने माघेसंक्रान्ति मेलाको तयारी पुरा, ५०० सुरक्षाकर्मी परिचालन हुने

चितवन, पुस २९- पवित्र धार्मिक स्थल देवघाटधाममा भोलि माघे संक्रान्ति मेला लाग्दै छ । गोसाँइकुण्डबाट आएको त्रिशुली र दामोदर कुण्डबाट आएको कालीगण्डकी नदीको संगम स्थल हो देवघाटधाम । मेलामा सहभागी हुन चितवन लगायत देशका विभिन्न जिल्ला र भारतबाट समेत धर्मावलम्बीहरु आउने क्रम जारी छ । माघे संक्रान्तिका दिन देवघाटको वेणी संगममा स्नान गर्ने भक्तजनको ठूलो … Read more

रवि लामिछानेमाथि थुनछेक बहस सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने वा छाड्ने भन्नेबारे थुनछेक बहस सुरु भएको छ  । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सरकारी वकिलले बहस सुरु गरेका हुन् । जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जाहेरवालाहरूको तर्फबाट बहस सुरु गरेका छन् । जाहेरवालाको तर्फबाट सरकारी वकिलले बहस सकेपछि लामिछाने तर्फका कानुन व्यवसायीले बहस गर्नेछन् … Read more

पृथ्वीराजमार्गः मुग्लिन–पोखरा सडक विस्तार तीव्र, ७४ प्रतिशत सकियो

मुग्लिन, पुस २९- पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ। आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो। यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ। पूर्वी खण्डमा २७ दशमलव ४ किलोमिटर दूरीमा अन्तिम चरणको कालोपत्रकार्य सम्पन्न भएको पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा ६ … Read more

स्वस्थानी व्रत कथा प्रारम्भ, यस्तो छ महिमा

काठमाडौं  आज (सोमबार)देखि स्वस्थानी व्रत आरम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रतमा नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिनासम्म स्वस्थानी व्रत लिने र माघ स्नान गर्ने गर्छन् । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी, स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान … Read more

आजदेखि माघमेला अर्थात् स्वस्थानी व्रतकथा सुरु

काठमाडौं  : वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन … Read more

एकमहिने माधवनारायण मेला सुरु (फोटो फिचर)

काठमाडौँ, पुस २९ गते ।  आजबाट श्रीस्वस्थानी व्रत तथा माधवनारायण मेला सुरु भएको छ । नेपाल संवतको आठौँ शताब्दीदेखि सुरु भएकाे एक महिने माधवनारायण व्रत एवं मेला हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म  लाग्छ। हनुमान घाटमा आज बिहानै स्नान गर्ने तथा माधवनारायणको पूजा गर्नेहरूको चहलपहल छ । माधवनारायण भगवान् विष्णुको अर्को नाम हो … Read more