म्याग्दीका सडक योजनामा बजेट अभाव

म्याग्दी, पुस २६- गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रू दुई करोड विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको रू एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ साल जेठ २० गते रू ११ करोड ७६ लाख १२ हजारमा मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि र पूर्वाधार विकास कार्यालयबीच ठेक्का सम्झौता … Read more

अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

खाँदबारी (सङ्खुवासभा), पुस २६- सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी … Read more

रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित

चन्द्रपुर (रौतहट), पुस २६- लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् । विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो मच्चाइरहेको … Read more

पन्ध्र महिनादेखि विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षा

दोधारा चाँदनी (कञ्चनपुर) पुस २६– सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ । छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन् । पढाइसँगै कमाइ गर्न इजरायल पुगेका विपिनसँग सम्पर्क टुटेदेखि बुबा महानन्द, आमा पद्मा … Read more

हेल्लो हेल्थमा आएका गुनासो सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, पुस २५ गते।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले एक सय ३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त गुनासो रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको एकाइ प्रमुख डाक्टर अनुप बास्तोलाले जानकारी दिनुभयो।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय मातहत तथा समग्रमा स्वास्थ्य … Read more

चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि

बेइजिङ, पुस २५ गते । विश्वमा नवीकरणीय ऊर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ । चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ। … Read more

चीनमा भूकम्पः हालसम्म १२ सयभन्दा बढी परकम्प

काठमाडौँ, पुस २५- मंगलबार बिहान चीनमा गएको भूकम्पपछि १२ सयभन्दा बढी परकम्पहरू गएको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएको छ । सिन्ह्वाका अनुसार बिहीबार दिउँसोसम्म १ हजार २११ पटक परकम्प गएको हो। मंगलबार बिहान बेइजिङ समय अनुसार ९ बजेर ५ मिनेट जाँदा सिजाङको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस यता सबैभन्दा ठुलो … Read more

मातृचक्र–मुस्ताङ

मुस्ताङको घरपझोङ गाउँपालिका४ जोमसोमस्थित मातृचक्र। एउटा आमाको  जीवनचक्र झल्काउने  मातृचक्र परिक्रमा गर्न आउने  आन्तरिक तथा बाह्य पर्यटकको संख्या पछिल्लो समय बढेको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

पुलिसलाई हराउँदै आर्मी च्याम्पियन

काठमाडौँ, पुस २५ गते । इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिपको उपाधि टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । बुटवलको रामनगर खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हरायो । विभागीय डर्बीमा आर्मीले १८–२५, २५–१८, २०–२५, २५–२२, १५–७ को नजिता निकालेको हो । उपाधिसँगै आर्मीले सात लाख र उपविजेता बनेको … Read more

आफूलाई सर्वज्ञाता ठान्नेले संविधान संशोधनका नाममा जनता झुक्याउन थाले : भीम रावल

काठमाडौं । नेकपा (एमाले)का पूर्वनेता भीम रावलले संविधान संशोधनका नाममा जनतालाई झुक्काउने प्रयास भइरहेको बताएका छन्। राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधान संशोधनका निम्ति भन्दै सरकार बनाउने र त्यो काम २०८७ सालमा गर्ने तयारीले जनता झुक्काउने कार्य भएको उल्लेख गरे। उनले जनताको आँखामा पट्टी लगाएर आफू मात्र सर्वज्ञाता बन्न खोज्ने … Read more