क्यालिफोर्नियामा डढेलोको विनाशलीला, हेर्नुस् २२ तस्बिर

वासिङ्टन- अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो हलिउड हिल्ससम्म उक्लिएको छ । जसका कारण विश्वकै प्रसिद्ध यो स्थानको पूरै क्षेत्रलाई खाली गराइएको छ । केही दिनदेखि फैलिएको डढेलो नियन्त्रणबाहिर गएपछि त्यहाँस्थित उद्धारकर्मीलाई पनि मुस्किल परेको छ । क्यालिफोर्नियाका गभर्नर आफैं आगो नियन्त्रणका लागि खटिएका छन् । तर डढेलोको भीषण स्वरुपका अगाडि कसैको केही नलाग्ने अवस्था … Read more

जय ट्रफी : मधेशमाथि पुलिसको सानदार जित

काठमाडौँ, पुस २५ गते । ‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध सानदार जित निकालेको छ । वीरगन्जस्थित नरायाणी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले मधेशमाथि एक इनिङ्स र ३५ रनको जित निकालेको हो । दोस्रो इनिङमा मधेश ३२.२ ओभरमा सबै विकेट गुमाएर ९४ रनमै समेटिएपछि पुलिसले फेरि ब्याटिङ गर्नुपरेन । मधेशका लागि विशाल … Read more

ऐतिहासिक निशान पदमार्गको उद्घाटन

पशुपतिनगर (इलाम) पुस २५ गते। इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गको औपचारिक उद्घाटन भएको छ।  भारतको नागरी गढीबाट पहिलो पटक तत्कालीन नेपाली सेनाले निशान ल्याएर राखेको सूर्योदय नगरपालिका ११ को पूर्णे डाँडामा निशान पदमार्गको औपचारीक उद्घाटन भएको हो।  बुधबार नेपाल–भारत सीमाना जोडिएको मेची नदीको मुहानदेखि सुरु भएको पदयात्रा पूर्णेडाँडा आइपुगेपछि पदमार्गको उद्घाटन गरी … Read more

संस्कृति र पर्यटन देशको रोजगारीको मुख्य माध्यमः उपप्रधानमन्त्री सिंह

तनहुँ, पुस २५ गते ।  उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संस्कृति र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।  तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार एकाइको सहआयोजनामा तनहुँको सदरमुकाम दमौलीमा बिहीबारबाट सुरु भएको नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले सो कुरा बताउनुभएको हो … Read more

चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं– नेपाली कथानक चलचित्र गुरु आमाको पहिलो पोस्टर सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमका बिच चलचित्र निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् ।चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, धुर्व कोइराला, उत्तम के.सी, गिरी बहादुर पुन लगायतका कलाकारको उत्कृष्ट अभिनय छ । निर्माता तथा … Read more

माटोका भाँडा बनाउने व्यवसायी समस्यामा

कैलाली, पुस २५- पछिल्लो समय जिल्लामा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि व्यवसायी समस्यामा परेका छन् । युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने माटो सहजै नपाउनुलगायत कारणले कालिगड पेसा सङ्कटमा परेसँगै व्यवसायी समस्यामा परेका हुन् । दक्ष कालिगडको कमी, भाँडा बनाउन आवश्यक पर्ने माटो सहजै पाउन छोडेपछि … Read more

नेपाल एयरलाइन्सको सुधार नगरी विश्राम लिँदैनौँ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले नेपाल एयरलाइन्सलाई नसुधार नगरेर विश्राम नलिने बताए। नेपाल एयरलाइन्सलाई सुधार्न समिति, सांसद, सरकार सबैले संकल्प लिन जरुरी रहेको उनको भनाइ छ। ‘हामी अब नेपाल एयरलाइन्सलाई नसुधारिकन विश्राम लिन्नौँ। … Read more

खाँडाचक्रका छ जनामा क्षयरोग पुष्टि

मान्म– जिल्लाको खाँडाचक्र नगरपालिकामा छ सय आठको क्षयरोग परीक्षण गरिएकामा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले तीन दिनसम्म सञ्चालन गरेको क्षयरोग परीक्षण शिविरमा दुई सय ८६ शङ्कास्पद बिरामी फेला परेका थिए । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको सहयोग र खाँडाचक्र नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा तीन दिने निःशुल्क क्षयरोग परीक्षण शिविरमा सञ्चालन … Read more

एमालेले विद्यालय र विश्वविद्यालयमा बन्द हड्ताल नगर्ने

२५ पुस, काठमडौं। नेकपा एमालेले शैक्षिक संस्थामा तालाबन्दी, बन्द, हड्ताल नगर्ने निर्णय गरेको छ । शैक्षिक संस्थाहरूलाई हड्तालमुक्त क्षेत्र घोषणा गर्न र प्राज्ञिक वातावरण बनाउन सरकारलाई अपिल गरिएको एमाले शिक्षा तथा मानव स्रोत विभाग प्रमुख पार्वति रावलले बताइन् ।‘शैक्षिक संस्थामा बन्द हड्ताल नगर्न माग गरेका छौँ । गुनासो सुन्ने युनिट राखेर समस्या समाधान गर्नुपर्छ। तालाबन्दी, … Read more

हलिउड हिल्समा पुग्यो डढेलो, मानिसहरूको भागभागले सडक अस्तव्यस्त

क्यालिफोर्निया– अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आोगो हलिउड हिल्ससम्म उक्लिएको छ । जसका कारण विश्वकै प्रसिद्ध यो स्थानको पूरै क्षेत्रलाई खाली गराउन थालिएको छ। डढेलो तीव्र गतिमा फैलिएपछि अमेरिकी सरकारले हलिउड हिल्सस्थित डल्बी थिएटर, हलीउड बाउल आउटडोर एम्फीथिएटर र हलिउड वाक अफ फेम रहेका छन्।डल्बी थिएटर त्यही स्थान हो, जहाँबाट एकाडेमी पुरस्कार समारोह आयोजित गरिन्छ … Read more