एमाले केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु

काठमाडौं, पुस २४- नेकपा एमालेको केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । अध्यक्ष ओलीले ४७ पृष्ठ लामो प्रतिवेदन पेश गरेका छन् । अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । सबै केन्द्रीय सदस्यहरूलाई प्रतिवेदनमाथि बोल्न … Read more

भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

सोलुखुम्बु,पुस २४- आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा … Read more

‘पहिले अस्पताल त्यसपछि स्वास्थ्य विज्ञान विश्वविद्यालय’

अत्तरिया (कैलाली),पुस २४- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गर्नुभएको छ । आज यहाँको गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अुनगमनका क्रममा उहाँले भन्नुभयो, “विश्वविद्यालय बनाउने, एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने कुरा पनि सँगसँगै अगाडि बढाउनुस् । पहिले जे हुन्छ, त्यो गर्दैँ जाउँ पहिला … Read more

कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट

काठमाडौँ, पुस २४- बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने ३१ वर्षीय उमेश गिरीको कुखुरा फार्ममा विद्युत् चुहावट भइ गए राति आगलागी हुँदा करिब रु छ लाख ३६ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यसैगरी काठमाडौँ, दक्षिणकाली नगरपालिका–९ लामागाउँ बस्ने सुशीला तामाङको सुशीला किराना पसलमा पनि विद्युत् चुहावट भई गए राति आगलागी हुँदा करिब … Read more

गेटामा १० चिकित्सक पठाउँछौं, विशेष निर्णय गरेर असारदेखि एमबीबीएस पठाउन सकिन्छ : स्वास्थ्यमन्त्री

धनगढी । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटा मेडिकल कलेजमा आगामी असारदेखि एमबीबीएसको पढाइ सुरु गर्न सकिने बताएका छन्। मंगलबार गेटा मेडिकल कलेजमा निर्माण गरिएका भौतिक संरचनाको स्थलगत निरीक्षण गर्दै पौडेलले उक्त कुरा बताएका हुन्। ‘चालू आर्थिक वर्षभित्रै ३०० शैय्याको अस्पताल सञ्चालन गरी आउँदो असारदेखि नै एमबीबीएसको पढाइ गर्न सकिन्छ। गेटाको संगठन तथा व्यवस्थापन … Read more

थप ५७ हिमालको आरोहण खुल्यो (सूचीसहित)

काठमाडौँ । नेपालमा थप ५७ वटा हिमालको आरोहण खुला भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो आरोहण खुला गरेको हो । मन्त्रालयका सचिव कृष्णहरि पुष्करले जारी गरेको उक्त सूचनामा पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम २ को उपनियम १ बमोजिम हिमालको आरोहण खुला गरिएको उल्लेख गरिएको छ । … Read more

खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गर्छः प्रधानमन्त्री

काठमाडौं, पुस २३ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गरिरहेको बताउनुभएको छ । मङ्गलबार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाइ दिनुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले महिला फुटबल नेपालमा धेरै पुरानो खेल नभएको बताउनुभयो । उहाँले केही समय पहिलासम्म धेरै … Read more

नेपाली राजदूतावास अबुधाबीद्वारा घुम्ती शिविर सञ्चालन

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावास अबुधाबीले राजदूतावास, गैरआवासीय नेपाली सङ्घ, युएईलगायत अन्य सङ्घ–संस्थाको सहयोगमा घुम्ती शिविर सञ्चालन गरेको छ । यही जनवरी ५ अबुधाबीबाट करिब तीन सय किलोमिटर टाढा रसअल खैमहमा राहदानी घुम्ती शिविर सञ्चालन गरी सरकारले श्रम सुशासनका क्षेत्रमा अवलम्बन गरेका नीतिगत, कानुनी तथा प्रक्रियागत सुधारका बारेमा जानकारी गराएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ … Read more

बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं। नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीशद्धय डा नहकुल सुवेदी र अब्दुल अजीम मुसलमानको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ। सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द्र प्रसाद घिमिरेले टिप्पणी उठाएर दायर गरेको सो मुद्दामा यसअघि गत कात्तिक १ गते कारण देखाउ आदेश जारी … Read more

अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

काठमाडौँ,  पुस २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गर्नुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले आज प्रधानमन्त्री निवासमा आयोजना गरेको कार्यक्रममा सरकारको गत मङ्सिर २८ गतेको निर्णयबमोजिम उहाँहरूलाई पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री … Read more