भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

सोलुखुम्बु, पुस २४- भुकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिनुभयो । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका … Read more

तिब्बत भूकम्प : उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपतिको निर्देशन

बेइजिङ, पुस २३ गते । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सि जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले महत्त्वपूर्ण निर्देशन दिँदै घाइतेहरुको उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न माग गर्नुभएको … Read more

बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीति जारी हुँदै

काठमाडौँ, २३ पुस : बदलिँदो राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार गर्ने उद्देश्यसहित सरकारले ‘विकास सहायता परिचालन नीति, २०८१’ को मस्यौदा तयार पारेको छ । अन्तर्राष्ट्रिय विकास साझेदारका प्राथमिकतामा आएको परिवर्तन, सहुलियतपूर्ण सहायतामा आएको गिरावट, निजी क्षेत्रको भूमिकाको महत्व, र सङ्घीय प्रणालीअन्तर्गत प्रदेश तथा स्थानीय तहमा महसुस भएको विकास सहायताको आवश्यकताअनुरुप … Read more

त्रिभुवन विमानस्थलबाट ६१ ग्राम सुनसहित चितवनका सञ्जय तामाङ पक्राउ

चितवन, पुस २४- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर लैजान खोजिएको ६१ ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-१२ का २५ वर्षीय सञ्जय तामाङ छन् । प्रहरीका अनुसार, एयर इन्डियाको उडानबाट दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट सुनसहित पक्राउ गरिएको हो । उनलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीका … Read more

भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्‍यो सगरमाथा क्षेत्र

काठमाडौं, पुस २४- चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । सगरमाथा (माउन्ट कोमोलाङ्‍मा) क्षेत्र अस्थायी रूपमा बन्द गरिएको हो । चीनमा हालसम्म भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ । डिङ्ग्री … Read more

दाङमा रास्वपाका नगर उपसभापति एमाले प्रवेश

बुटवल, पुस २४- दाङमा रास्वपाका नगर उपसभापति एमालेमा प्रवेश गरेका छन् । रास्वपा लमही नगर कमिटीका उपसभापति दिनेश आचार्यले पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेको घोषणा गरेका हुन । रास्वपामा परिवारवाद, सङ्गठन निर्माणको क्रममा देखिएको विचलन, समाज रूपान्तरणको निमित्त दुर्दृष्टिको अभाव, इमानदार ऊर्जावान् साथीहरूलाई पाखा लगाउने काम भएको भन्दै उनले पार्टी परित्याग गरेको घोषण गरेका … Read more

कांग्रेस परित्याग गरी २६ जना जसपा नेपालमा प्रवेश

सप्तरी, पुस २३ गते ।  सप्तरीको राजगढ गाउँपालिका ३ स्थित झौहरा चौकमा नेपाली कांग्रेस परित्याग गरी २६  जना जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेका छन् । जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत झौहरा चौकमा वडा नम्बर ३ समितिद्वारा आयोजित कार्यक्रममा उपेन्द्र नारायण यादवको नेतृत्वमा उहाँहरु जसपा नेपाल प्रवेश गरेका हुन् । जसपा नेपाल … Read more

वाइडबडीबारे संसदीय छानबिन समिति बनाउन रास्वपाको माग

२३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाइडबडी जहाजमा भएको भनिएको अनियमितताबारे संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै रास्वपा सांसद शिशिर खनालले यस्तो माग गरेका हुन् । ‘वाइडबडीको भ्रष्टाचारको विषय फेरि उठेको छ । नेपाली मुलका बेलायती नागरिकले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको स्वीकार गरेका … Read more

बागमती कार्ययाेजना प्रकृतिमैत्री रूपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं, पुस २३ गते ।  उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती कार्य योजना प्रकृतिमैत्री रूपमा अघि बढाउने बताउनुभएको छ । मङ्गलबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नगर प्रमुख एवम् उपप्रमुहरूसँग प्रस्तावित बागमती कार्ययोजनामाथि छलफल कार्यक्रममा बोल्नुहुँदै अबका योजनाअनुसार प्रकृतिमैत्री रूपमा अघि बढाउनुपर्ने बताउनुभएको हो । ‘‘बागमती कार्ययोजना टुटेको थियो … Read more

इजरायलले छनोट गरेका ५ संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न पाउने

काठमाडौं– उच्च अदालतले पाटनले केयरगिभरका रूपमा इजरायल जानेहरूको स्वास्थ्य परीक्षण गर्न छनोट भएका स्वास्थ्य संस्थाको पक्षमा आदेश जारी गरेको छ । दीर्घकालीन स्याहार केन्द्रमा जाने सहायक श्रमिक (केयरगिभर) को स्वास्थ्य परीक्षण गर्न छनोट भएका पाँच वटा स्वास्थ्य संस्थालाई काम गर्न रोक लगाउनुपर्ने भन्दै परेको रिटमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यो … Read more