ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा

फिक्कल (इलाम), पुस २४- पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदैछ । तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो । यही पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेना, रणशार्दूल गणले जनाएको छ । नेपाल–भारत सिमाना जोडिएको मेची नदीको … Read more

बागमती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ, पुस २४- उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती कार्य योजना प्रकृतिमैत्री रुपमा अघि बढाउने बताउनुभएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ उपत्यकाका नगरप्रमुख तथा उपप्रमुहरुसँग प्रस्तावित बागमती कार्ययोजनाबारे आज गरेको छलफलमा उपप्रधानमन्त्री सिंहले अबका योजना प्रकृतिमैत्री रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।4 “बागमती कार्ययोजना टुटेको थियो । फेरि यसलाई निरन्तरता … Read more

देउवा निवासमा राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन्। लिङ्देन मंगलबार दिउँसो देउवा भेट्न बूढानीलकण्ठ पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।‘पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाज्यू र राप्रपा अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनज्यूका बीचमा आज भेटवार्ता भएको हो,’ उनले भने। उनीहरूबीच भेटका क्रममा … Read more

एउटै गाउँबाट ३ करोडको दूध निर्यात

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिन्जेलमा वार्षिक झण्डै ३ करोड मूल्यको दूध निर्यात भएको छ। बिन्जेल तल्लागाउँका डिल्लीराम नेपालले गत एक वर्षमा १२ हजार ५ सय सत्र लिटर दूध बेचेर ८ लाख १२ हजार ४ सय पचपन्न रुपैयाँ कमाए। सोही टोलका ताराप्रसाद नेपालले एक वर्षमा ९ हजार ८ सय ९६ लिटर दूध बिक्री गरेर ६ लाख … Read more

सांसदहरूको माग : वाइडबडी जहाज खरिद प्रकरण छानबिन गर्न संसदीय समिति बनाऊँ

काठमाडौं-  प्रतिनिधिसभाका सांसदहरूले वाइडबडी जहाज प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनीहरूले समितिले विशेष पहल लिएर वाइडबडी जहाज प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउन गरेका हुन् । बैठकमा रास्वपाका सांसद शिशिर खनालले वाइडबडी जहाज प्रकरणमा नेपालका अधिकारीलाई घुस दिएको सार्वजनिक भइसकेको … Read more

जंगलको बीचमै बिते आमा र नवजात शिशु, सासूको काखमा प्राण त्यागिन् सविताले

धनगढी– बझाङको केदारस्युँ गाउँपालिका-१ की सविता बोहरालाई गर्भजाँच गरेको स्वास्थ्य संस्थाले आगामी माघ २४ गते मात्रै बच्चा पाउने मिति दिएको थियो । घरपरिवार त्यसैको आधारमा तयारी गर्दै थिए । रोजगारीका लागि भारतको कर्नाटकमा रहेका पति उमेश बोहरा पनि माघ दोस्रो साता घर आउने तयारीमा थिए। सविताले भैरवनाथ स्वास्थ्य चौकीमा अन्तिम ८ औँ पटक जाँचसमेत गराइसकेकी … Read more

उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल

बेइजिङ,पुस २४- चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सि जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले महत्वपूर्ण निर्देशन दिँदै घाइतेहरुको उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न माग गर्नुभएको छ। साथै, उहाँले … Read more

माघे सङ्क्रान्तिका लागि तरुलको व्यापार (फोटो फिचर)

काठमाडौँ, पुर २३ गते ।  माघे सङ्क्रान्ति पर्वको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड पिँडालुले बजार भरिन थालेको छ। उपत्यकाका गल्ली तथा चोक–चोकमा तरुल, सखरखण्ड, पिँडालुलगायतका वस्तुको व्यापार पनि बढ्न थालेको छ। हरेक चाडपर्वका विशेषता र महत्त्व छन्। नेपालीले मनाउने चाडपर्वमा फरक परिकार खाने गर्दछौं। माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति र माघी भनेर माघ १ गते विशेष परिकार … Read more

हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्रिय ध्वजावाहक बलियो हुनुपर्छ : मन्त्री पाण्डे

काठमाडौं, पुस २३ गते । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्नका लागि राष्ट्रिय  ध्वजावाहक बलियो हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मङ्गलबार उहाँले त्यसका लागि नेपालको आकाश सुरक्षित र भरपर्दो हुनुपर्ने तथा त्यसमा सबैको सहयोग आवश्यक पर्ने उल्लेख … Read more

माओवादी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकियो

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ । आजै बैठक सक्ने तयारी स्वरूप यसअघि बोल्न नाम टिपाएका नेताहरूलाई नाम फिर्ता लिन प्रचण्डले मंगलबारको बैठकमा आग्रह गरेका थिए । त्यसपछि ३८ जनालाई बोल्न दिएर अन्यले नाम फिर्ता लिएको एक केन्द्रीय सदस्यले जानकारी दिए … Read more