नेपाल बार एशोसिएशनको आज ७०औँ स्थापना दिवस

नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको छ । बारले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सर्वोच्च अदालतका न्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरुको उपस्थितिमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । बारको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउत, न्यायाधीशहरु, बारका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रसहित कानुन व्यवसायीहरुले संस्थापकहरुको तस्बिरमा मार्लापण गर्नुभएको थियो । अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिका, … Read more

ब्यारेकको स्कुलिङ्ग देखि समाजवादको यात्रासम्म: को हुन् ‘जेड फोर्स’का सुरज परियार?

​भरतपुर, चितवन । नेपाली राजनीति आज एउटा निर्णायक ऐतिहासिक संक्रमणको मोडमा छ। पुराना शक्ति संरचनाहरू भत्किने र नयाँ वैकल्पिक शक्तिहरू संस्थागत हुने क्रम जारी रहँदा एक युवा नेतृत्व वैचारिक स्पष्टताका साथ राजनीतिक मैदानमा देखा परेका छन्— सुरज परियार। ​ चितवनको भरतपुर महानगरपालिका–१६ मा २०५८ कात्तिक १२ गते जन्मिएका परियारको परिचय केवल एक ‘युवा नेता’मा मात्र … Read more

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार ग्रहण गर्नुभएको छ । जनकपुरधामस्थित प्रदेशसभा कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेशसभाको साझा अभिभावकका रूपमा निष्पक्ष भूमिका निर्वाह गर्ने बताउनुभयो । सभामुख यादवले राजनीतिक दलहरूबीच संवाद र सहकार्यलाई बढावा दिने समेत बताउनुभयो । “मतभेद स्वाभाविक हो । तर, सहकार्य अपरिहार्य छ”, … Read more

पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउने विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आजदेखि अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजित पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी चौथो राष्ट्रिय संवादलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले दुईदिने राष्ट्रिय संवादले नयाँ … Read more

चितवनको इच्छाकामनामा पुस ११ गतेदेखि दोस्रो सुन्तला महोत्सव हुने

यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइ समितिको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो । पुस १५ गतेसम्म सञ्चालन हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने टेवा पुग्ने विश्वासका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकको … Read more

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानगरका २०० भन्दा बढी स्थानमा क्यामेरा जडानको काम सुरु गरिएको हो । महानगडरपालिका प्रमुख रेनु दाहालले क्यामेरा जडानको कामको आज एक समारोहका बीच शुभारम्भ गर्नुभयो । महानगरपालिका २९ वडाका मुख्य–मुख्य चोकमा क्यामेरा जडानको काम सुरु गरिएको छ । नेपाल टेलिकम र जिल्ला प्रहरी … Read more

इन्डोनेसियामा भयानक सडक दुर्घटना : कङ्क्रिटको पर्खालमा बस ठोक्किँदा १६ जनाको मृत्यु

इन्डोनेसियामा भयानक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। सोमबार स्थानीय समय अनुसार मध्यरातमा ३४ जना यात्रु बोकेको बस कङ्क्रिटको पर्खालमा ठोक्किएको थियो । यस घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अरू धेरै जना घाइते भएका छन्। बस चालकले नियन्त्रण गुमाएर बस कङ्क्रिटको पर्खालमा ठोक्किएर पल्टिएको खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोले … Read more

नारायणघाटको दियालो रोड: सडक पेटीको गमलामा सुन्दर चित्र कोरिदै

चितवनको भरतपुर महानगरपालिका–१, स्थित दियालो रोडलाई सौन्दर्यकरण गर्ने अभियान अन्तरगत सडक पेटीको गमलामा सुन्दर चित्रहरु कोर्न थालिएको छ । वडा नं.१ को आर्थिक सहयोगमा दियालो रोड टोल विकास संस्थाले करिव ६ सय मिटरको दुरीमा रहेका ७५ वटा चारपाटे गमलामा चित्र कोर्ने काम भइरहेको टोलका अध्यक्ष रवि कुमार प्रधानले जानकारी दिए । नारायणघाटको लिला चोकदेखि गौरेश्वर … Read more

सुदन र मिराजलाई रक्षा बमको चेतावनीः चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नू

जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदन गुरुङ र मिराज ढुङ्गानाप्रति लक्षित गर्दै कडा टिप्पणी गरेकी छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत् बमले गुरुङ र ढुंगानामा पितृसत्तावादी सोच रहेको आरोप लगाउँदै ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न’ पनि चेतावनी दिएकी छन्। एकजना जेन जी मित्र, जो Sep 8 को दिन आन्दोलनमै आएका थिएनन, आज अन्तरिम सरकारलाई … Read more

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। त्यधिक चिसो र शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भन्दै महानगरपालिकाभित्रका विद्यालय तीन दिनका लागि बन्द गरिएको हो । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार तीन दिन यता चिसो बढेपछि महानगरपालिकाले पुस ७ देखि ९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। उक्त … Read more